Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 121

मन्दिरतर्फ जाँदा दाऊदको भजन।

121 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।
    तर मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने
    परमप्रभुबाट आउँछ।
परमेश्वरले पतनहुन दिनु हुनेछैन,
    तिम्रो संरक्षक निदाई जाने होइन।
इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।
    परमेश्वर कहिल्यै निदाउनु हुन्न।
परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,
    उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ।
तिमीलाई दिउँसो घामले
    अनि राती जूनले हानि पुराउँदैन।
परमप्रभुले प्रत्येक सङ्कटबाट तिम्रो रक्षा गर्नुहुन्छ।
    परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।
    परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

उत्पत्ति 31:43-32:2

याकूब र लाबानको सन्धि

43 लाबानले याकूबलाई भने, “यी स्त्रीहरू मेरी छोरीहरू हुन्। यी नानीहरू मेरा हुन्। अनि यी पशुहरू सब मेरा हुन्। यहाँ तिमी जे पनि देख्छौ सबै मेरो हुन्। तर म मेरी छोरीहरू र नानीहरूको विषयमा केही गर्न सक्तिनँ। 44 यसर्थ म तिमीसित एक सम्झौता गर्न तयार छु। हामीबीच सम्झौता भएको प्रमाणको रूपमा ढुङ्गाको एउटा थुप्रो बनाऊ।”

45 उनले सम्झौता गरेको हो भनी देखाउन याकूबले एउटा ठूलो ढुङ्गा ल्याएर त्यहाँ राख्यो। 46 उनले आफ्नो मानिसहरूलाई केही ढुङ्गाहरू ल्याएर थुपार्न लगायो। तब तिनीहरूले त्यो ढुङ्गाको थुप्रो नजिक बसेर खाए। 47 लाबानले त्यस ठाउँको नाउँ “यर्गसहदूता” राखे। तर याकूबले त्यस ठाउँको नाउँ गलेद राख्यो।

48 लाबानले याकूबलाई भने, “यो ढुङ्गाको थुप्रोले हामी दुवैलाई हामीबीचको ‘सम्झौता’ सम्झना गराउनमा सहायता गर्नेछ।” यस कारण उसले त्यस ठाँउको नाउँ गलेद राख्यो।

49 लाबानले भने, “हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरून्।” यसकारण त्यस खाँमोको नाउँ मिस्पा राख्यो।

50 त्यपछि लाबानले भने, “यदि मेरी छोरीहरूलाई कतै चोट पार्यौ भने, याद राख, परमेश्वरले तिमीलाई सजाय दिनु हुनेछ। यदि तिमीले अर्की आइमाई विवाह गरे, याद राख परमेश्वरले हेरि रहनु भएको छ। 51 यहाँ यी ढुङ्गाहरू छन् जसले बताउछन् हामीबीच सम्झौता भएको छ। 52 ढुङ्गाहरूको थुप्रो र विशेष ढुङ्गाहरूले हामीलाई आफ्नो संन्धि सम्झना गराउन सहायता पुर्याउँछ। तिमीसित लड्न यस ढुङ्गाको पल्लो पटि म कहिल्यै जाने छैन र त्यसरी नै मसित लड्नु तिमी कहिल्यै यो ढुङ्गाबाट यता अघि आउने छैनौं। 53 यदि हामीले यो सम्झौता भङ्ग गर्यौं भने अब्राहामका परमेश्वर, नाहोरका परमेश्वर र उनीहरूको पुर्खाहरूका परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ।”

याकूबका बाबु इसहाकले परमेश्वरलाई “भय” नाउँले बोलाए। यसर्थ याकूबले सम्झौतामा त्यो नाउँ प्रयोग गरे। 54 त्यपछि याकूबले एउटा पशु मार्यो र पहाडमा बलिदान स्वरूपमा चढायो अनि उनले आफ्नो पुरूष मानिसहरूलाई भोजमा भाग लिन निम्तो दियो। खाना शेष भएपछि तिनीहरूले त्यस रात त्यही पर्वतमा बिताए। 55 अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।

एसावसित फेरि भेट

32 याकूबले पनि त्यो ठाउँ छोड्‌यो। जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो। जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ महनोम राख्यो।

2 तिमोथी 2:14-26

परिचित कर्मी

14 मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे तर्क गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ। 15 परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।

16 जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ। 17 तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्। 18 तिनीहरूले साँच्चो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो। यही रीतले ती दुइले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।

19 तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।”(A) अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोड्नु पर्छ।”

20 एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्। 21 यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।

22 जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर। 23 मूर्ख र बेसमझका तर्कहरू छोड़। तिमी जान्दछौ यस्ता र्तक बढेर विवादमा परिणत हुन्छन्। 24 प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। ऊ सहनशील हुनुपर्छ। 25 आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरूले सत्यलाई स्वीकार गर्न सक्छन्। 26 त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International