Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 5:1-3

नामानको समस्या

नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि प्रयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।

अरामी सेनाले इस्राएलमा लडाईँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई। यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”

2 राजा 5:7-15

जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”

परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”

यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए। 10 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”

11 नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ। 12 दमीशकका नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशकका ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।

13 तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईँलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।’”

14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।

15 नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”

भजनसंग्रह 111

111 परमप्रभुको प्रशंसा गर!

म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
    आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
    मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
    उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
    कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
    उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
    उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
    उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
    ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
    परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
    मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
    स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

2 तिमोथी 2:8-15

येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु। अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन। 10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ। 11 यो एक साँच्चो शिक्षा होः

यदि हामी उहाँसितै मर्यौं भने, तब हामी पनि उहाँसितै जिउँछौं।
12 यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं।
यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ,
    किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।

परिचित कर्मी

14 मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे तर्क गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ। 15 परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।

लूका 17:11-19

धन्यवादी बन

11 येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो। 12 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। 13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।”

14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।”

जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए। 15 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो। 16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो। 17 येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्? 18 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?” 19 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International