Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 111

111 परमप्रभुको प्रशंसा गर!

म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
    आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
    मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
    उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
    कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
    उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
    उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
    उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
    ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
    परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
    मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
    स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।

लेवी 14:33-53

घरमा ढुस्सीको निम्ति नियमहरू

33 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 34 “जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुस्सी पठाउनेछु, 35 तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’

36 “त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन। 37 त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुस्सीमा गहिरिएको बुझिनेछ र, 38 तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।

39 “पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ 40 पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्। 41 त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कहीं मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्। 42 तिनीहरूले फूटेका ढुङ्गहरूलाई नयाँ ढुङ्गसित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।

43 “एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने 44 त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो। 45 त्यस घरको ढुङ्गहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फ्याँक्नुपर्छ। 46 यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ। 47 यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।

48 “पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गरून्। किनभने त्यो घरको ढुसी हटेको छ।

49 “अनि घर शुद्ध पार्न पूजाहारीले दुइवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ। 50 ती दुइ चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्। 51 अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ। 52 यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागोद्वारा उसले घर शुद्ध बनाउनेछ। 53 यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुल्ला छोडिदिओस्। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।”

2 तिमोथी 1:13-18

13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। 14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।

15 तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस ले पनि मलाई छोडे। 16 ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्। 17 अँहँ, जब उनी रोममा आए मलाई नभेटुन्जेल उनले मलाई निरन्तर खोजिरहे। 18 म प्रार्थना गर्छु त्यस दिन[a] प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International