Revised Common Lectionary (Complementary)
दाऊदको मिक्ताम भन्ने भजन।
16 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
2 मैले परमप्रभुलाई भने,
“हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
3 परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
4 तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
5 मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
6 मेरो भाग आश्चर्यपूर्ण छ,
मेरो उत्तराधिकार अति सुन्दर छ।
7 म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।
8 परमप्रभुलाई मैले सधैँ
आफू समक्ष राखेको छु
र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
9 मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
अहज्याहका लागि संन्देश
1 आहाब मरेपछि मोआब इस्राएलको विरूद्ध बागी भए।
2 एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरू कहाँ जाऊ। उनीहरूलाई सोध के म आफ्नो चोटबाट निको हुनसक्छु।”
3 तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही दूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ? 4 तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ, अहज्याह! तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ, तिमी मर्ने छौ।’” त्यसपछि एलिया हिँडे।
5 दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन यति चाँडै फर्केर आयौ?”
6 दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूब समक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ, तिमी मर्ने छौ।’”
7 अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”
8 दूतहरूले जवाफ दियो, “त्यो मानिस रौंयुक्त लुगा लगाएको थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।”
तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”
अहज्याहले पठाएका मानिसहरूलाई आगोले नष्ट पार्छ
9 अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।’”
10 एलियाले पचास जना मानिसहरूका कप्तानलाई उत्तर दिए, “यदि म परमेश्वरको जन हुँ, भने स्वर्गबाट आगो आओस्, अनि कप्तान अनि उनका पचास जना मानिसहरूलाई नष्ट पारोस्!”
तब स्वर्गबाट परमेश्वरको आगो तल आयो अनि कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
11 अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!’”
12 एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।”
तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
13 अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रो कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु। 14 स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।”
15 परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।”
यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।
16 एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ: ‘यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।’”
गलातीका ख्रीष्टियनहरू प्रति पावलको प्रेम
8 अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँच्चो थिएनन्। 9 अब तिमीहरूले साँच्चो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन फर्कन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ? 10-11 तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र वर्ष मनाउँछौ। तिमीहरूबारे मलाई डर लाग्छ कि तिमीहरूको लागि मैले जे जति परिश्रम गरें ती सबै व्यर्थ त भएनन्?
12 दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ। 13 सम्झ त, म किन तिमीहरू भएकोमा पहिल्यै आएँ। किन कि मलाई सन्चो थिएन। तब मैले तिमीहरूमा सुसमाचार प्रचार गरें। 14 मेरो बिसन्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोड्न मलाई बाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो। 15 त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई सम्झना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ। 16 के अहिले म तिमीहरूको शत्रु भएको छु किनकि म सत्य बोल्छु?
17 ती मानिसहरू तिमीहरूमाथि खुबै चासो राख्दैछन्, तर तिनीहरूको मनसाय राम्रो छैन। तिमीहरूकोलागि त्यो राम्रो होइन। तिनीहरू चाहन्छन् कि तिमीहरू हाम्रो विरोधमा खडा हौ। तिनीहरू चाहन्छन् कि तिमीहरूले तिनीहरूलाई मात्र पछ्याउनु अनि अरूलाई होइन। 18 जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सधैँ राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो सधैँ सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्। 19 मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीडा हुन्छ, मलाई पनि त्यस्तै पीडा अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहुन्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु। 20 मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।
© 2004, 2010 Bible League International