Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 34:29-35

मोशाको उज्जवल अनुहार

29 त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसँग कुरा गरेका थिए। 30 हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए। 31 मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसँग कुरा गरे। 32 त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभुद्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए।

33 जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके। 34 कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअघि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आएर परमप्रभुले दिनु भएका आज्ञाहरू इस्राएलका मानिसहरूलाई सुनाउथे। 35 इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसँग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।

भजनसंग्रह 99

99 परमप्रभु नै राजा हुनुहुन्छ,
    यसैले सारा जातिहरू डरले काम्छन्।
परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ।
    यसैले सारा संसार डरले काम्दछ।
सियोनमा परमप्रभु महान् हुनुहुन्छ!
    उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।
सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्।
    परमेश्वरको नाउँ विस्मयकारक छ।
    परमेश्वर पवित्र हुनुहुन्छ।
शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ।
    परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो।
    तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर
    अनि उहाँको पवित्र पाउदानमा[a] दण्डवत गर।
मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए।
    तिनीहरू मध्ये शमूएल हुन् जसले परमेश्वरको नाम पुकारे।
तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे,
    अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
परमेश्वर अग्ला बादलबाट बोल्नु भयो।
    तिनीहरूले उहाँको विधिहरू पालन गरे
    अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।
    तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई
    दण्ड दिनेको रूपमा दर्शाउनु भयो।
हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर।
    हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ।
    उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।

2 कोरिन्थी 3:12-4:2

12 हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। 13 हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। 14 तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ। 15 तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। 16 तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। 17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। 18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।

माटाको भाँडामा आत्मिक धन

परमेश्वरले, आफ्नो दयाले हामीलाई यो काम गर्न दिनु भएकोछ, यसकारण हामी यो काम छोड्दैनौं। तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अँहँ! ठ्याम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।

लूका 9:28-36

मोशा, एलिया र येशू

(मत्ती 17:1-8; मर्कूस 9:2-8)

28 प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो। 29 जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो। 30 दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए। 31 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो। 32 पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो। 33 जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।

34 पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए। 35 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”

36 जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।

लूका 9:37-43

येशूद्वारा दुष्टात्मा लागेको ठिटो निको

(मत्ती 17:14-18; मर्कूस 9:14-27)

37 भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो। 38 भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो। 39 शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफूमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट-आत्माले सधैँ कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन। 40 मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट-आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।”

41 येशूले उत्तर दिनुभयो, “अविश्वासी र भड्किएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसँग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”

42 जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूईँमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई निको पारेर बाबुलाई सुम्पि दिनु भयो। 43 परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए।

येशूद्वारा आफ्नै मृत्युको विवरण

(मत्ती 17:22-23; मर्कूस 9:30-32)

येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो,

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International