Revised Common Lectionary (Complementary)
लामेद्
89 हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्।
तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
90 तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ।
हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो,
अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
91 तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ
किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
92 यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए,
मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
93 हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन
किनभने तिनीहरूले मलाई बाँच्न दिए।
94 हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्।
किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।
95 दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे।
तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
96 तपाईंको नियमहरू बाहेक
प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
27 यर्मियाले भनेको अनि बारूकले लेखेको सन्देशहरू भएको बेहेरूवा राजाले जलाई सके पछि परमप्रभुको सन्देश यर्मियाकहाँ आयो।
28 परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेरूवा लियर यहूदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेरूवामा जुन सन्देशहरू थिए सबै लेख। 29 यहूदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ: ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेरूवा जलायौ कारण तिमीले सोच्यौ, बाबेलको राजा निश्चय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?” 30 यसकारण, परमप्रभुले यहूदाका राजा यहोयाकीमाको बारेमा भन्नुहुन्छ: यहोयाकीमका सन्तानहरू दाऊदको सिंहासनमा अब उसो बस्नेछैन। जब यहोयाकीम मर्दछ, उसको लाश भूइँमा फ्याँकिनेछ र दिनको गरम र रात चिसोमा त्यहीं रहनेछ। 31 म, परमप्रभुले, यहोयाकीम र उसका नानीहरूलाई दण्ड दिनेछु। उसका अधिकारीहरूलाई पनि दण्ड दिनेछु। कारण तिनीहरू दुष्ट छन् म तिनीहरूमाथि डरलाग्दो विपत्ति ल्याउनेछु भनी मैले चेताउनी दिएको छु। त्यो दुर्भाग्य तिनीहरूमाथि मात्र होइन तर यरूशलेम र यहूदामा बस्ने सम्पूर्ण जातिलाई पनि असर गर्नेछ। मेरो चेताउनी अनुसार जम्मै अधर्मकामहरू तिनीहरूमाथि पार्नेछु तर तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।’”
32 त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए।
येशूद्वारा पत्रुसकी पत्नीको आमा निको भएकी
(मत्ती 8:14-17; मर्कूस 1:29-34)
38 येशूले सभा घर छाड्नु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे। 39 येशू तिनको नजिक जानु भयो अनि जरोलाई हट्ने आज्ञा दिनु भयो। जरो झट्टै हरायो। तब तिनी उठिन अनि तिनीहरूको सेवामा लागिन्।
येशूद्वारा धेरै मानिसहरू निको भएको
40 घाम अस्ताउन लागदा सबै मानिसहरू ज-जसका आफ्ना मानिसहरू बिरामीहरू थिए तिनीहरूलाई येशूकहाँ ल्याए। तिनीहरू बेग्ला बेग्लै रोगले पीडीत थिए। उहाँले प्रत्येक बिरामीलाई छुनु भयो अनि तिनीहरूलाई जाती पार्नु भयो। 41 धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।
येशूको विभिन्न शहरहरूमा प्रस्थान
(मर्कूस 1:35-39)
42 अर्को दिन येशू एकान्त ठाउँमा जानुभयो। तर भीड़ले उहाँलाई खोजिरहेको थियो औ उहाँ भएको जग्गामा तिनीहरू आए। जब तिनीहरूले येशूलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूलाई नछाडनु भनि विन्ती गर्दैं थिए। 43 तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरू भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”
44 तब येशूले यहूदियाका सभा घरहरूमा प्रचार गर्नु भयो।
© 2004, 2010 Bible League International