Revised Common Lectionary (Complementary)
लामेद्
89 हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्।
तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
90 तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ।
हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो,
अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।
91 तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ
किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।
92 यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए,
मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
93 हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन
किनभने तिनीहरूले मलाई बाँच्न दिए।
94 हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्।
किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।
95 दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे।
तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।
96 तपाईंको नियमहरू बाहेक
प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
11 गमर्याहको छोरो अर्थात् शापानको नाति मिकायाहले बेहेरूवाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने। 12 जब मीकायाहले बेहेरूवाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन् सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापानको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए। 13 जब बारूकले मानिसहरूलाई बेहेरूवाबाट पढी सुनाएको मिकायाहले जे सुनेका थिए तिनले प्रत्येक कुरो नै ती अधिकारीहरूलाई भने।
14 तब सबै अधिकारीहरूले यहूदीलाई (नतन्याहको छोरो शेलेम्याहको नाती अनि कूशीको पनाति) बारूककहाँ पठाए। यहूदीले बारूकलाई भने, “तिमीले जुन बेहेरूवा मानिसहरू समक्षपठायौ त्यो लिएर मसित आऊ।”
नेरियाहको छोरो बारूकले बेहेरूवा लिए अनि तिनीहरूकहाँ गए।
15 तब ती अधिकारीहरूले बारूकलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।”
यसर्थ तिनीहरूलाई बारूकले पढेर सुनाए।
16 ती शाही अधिकारीहरूले बेहेरूवाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बारूकलाई भने, “हामीले बेहेरूवामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्नै पर्छ।” 17 त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?”
18 “हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।”
19 तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”
20 तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने।
21 यसकारण राजा यहोयाकीमले त्यो बेहेरूवा ल्याउनु यहूदीलाई पठाए। यहूदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेरूवा ल्याए। तब यहूदीले त्यो बेहेरूवा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए। 22 यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्दन् बलिरहेको थियो। 23 यहूदीले बेहेरूवा पढ्न शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढ्दै थिए, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे। 24 राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते।
25 एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्। 26 राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।
पावलको आनन्द
2 हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं। 3 मैले यो तिमीहरूलाई दोष्याउनको लागि भनेको होइन। मैले अघि नै भनें हामी तिमीहरूलई यती धेरै माया गर्छौं कि हामी तिमीहरूको जीवन र मृत्युसँगै मिलेका छौं, 4 म तिमीहरूसित औधि ढुक्क अनुभव गर्छु। म तिमीहरू प्रति गर्वित छु। तिमीहरू मलाई धेरै उत्साह दिन्छौ र हाम्रा सारा दु:खहरूमा पनि म बडो अनिन्दित छु।
5 जब हामी म्यासिडोनियामा आयौं, हामीलाई विश्राम थिएन। हामीले आफ्नो चारैतिर दुःखै दुःख देख्यौं। बाहिर-बाहिर हाम्रो लडाइँ थियो तर भित्र-भित्र डर। 6 तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो। 7 तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ।
8 मैले लेखेको पत्रले तिमीहरूलाई खिन्न तुल्यायो भने पनि त्यो लेखेकोमा म दुःखीत छैनँ। तर, त्यसले शुरूमा तिमीहरूलाई खिन्न बनायो नै, म पनि पहिले त त्यसको लागि दुःखी भएँ। तर त्यसले तिमीहरूलाई थोरै समयको लागि मात्र खिन्न तुल्यायो। 9 अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं। 10 परमेश्वरले चाहनु भए जस्तो पीरले एक व्यक्तिको हृदय र जीवनमा परिवर्त्तन ल्याउँछ। यसले मानिसलाई मुक्ति तर्फ डोरयाउँछ र हामी त्यसको लागि कुनै पीर मान्दैनौं। तर संसारिक शोकले मृत्यु गराउँछ। 11 तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्नु पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो। 12 त्यो चिट्ठी मैले लेख्नुको कारण यो होइन कि व्यक्तिले भूल गर्यो तर कारण यो हो कि मानिस भूलमा थियो। वास्तवमा परमेश्वरको अघि तिमीहरू हामीलाई कति धेरै याद गर्छौ सो जान्नु त्यो चिट्ठी तिमीहरूलाई लेखिएको हो।
© 2004, 2010 Bible League International