Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 19

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

19 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
    आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
    अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
    उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
    तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।

घामको लागि आकाश घर सरह हुन्छ।
    घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं,
    आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
    यसको तापबाट केही पनि लुक्दैन।
    परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।

परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
    तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
    यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
परमप्रभुका विधिहरू सही छन्।
    तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
    तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।

परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
    जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
    तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
    तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
    यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।

12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
    यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
    ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
    परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

नहेम्याह 5:1-13

नहेम्याहले गरीबहरूलाई सहायता गरे

अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले। कोही भन्दै थिए, “हामी आफ्ना छोरा अनि छोरीहरूसित धेरै छौं। यसर्थ हामीलाई केही अन्न दिनु होस् जसद्वारा हामी खाएर जीवित रहन सकौं।”

अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहरू, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दक[a] राख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”

अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ। अनि अहिले जस्तो हाम्रो देशका मानिसहरूमा रगत मासु छ। हाम्रो पनि त्यस्तै हो। हाम्रा छोराहरू तिनीहरूका जस्तै छन् अनि हेर हामी हाम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी दिन वाध्य भएका छौं अनि हाम्रा छोरीहरूलाई कमारी बनाई सकिएको छ। हामी तिनीहरूको मुक्तिको लागि केही गर्न सक्तैनौ कारण हाम्रो खेती र अङ्गुर बगान अहिले अर्काको भएकोछ।”

जब मैले तिनीहरूको उजूर अनि यी वचनहरू सुनें म अत्यन्त क्रोधित भएँ मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए। मैले तिनीहरूलाई भनें, “हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ।”

तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्। तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ। 10 म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं। 11 तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”

12 तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।”

यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ। 13 मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।”

त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे।

लूका 2:39-52

यूसुफ र मरियम घर फर्किए

39 यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए। 40 सानो बालक दिनप्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।

येशूको बाल्यकाल

41 निस्तार चाडको बेला प्रत्येक वर्ष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे। 42 जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। 43 जब भोज सिद्धियो तिनीहरू घर फर्किरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा-बाबुलाई केही थाहा भएन। 44 तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे 45 तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के।

46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसँग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो। 47 ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए। 48 जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”

49 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?” 50 तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।

51 तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्। 52 येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International