Revised Common Lectionary (Complementary)
12 हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!
हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।
यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्।
अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
यसले तुरन्तै पालन गर्यो।
16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ।
परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।
17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो,
अनि फेरि तातो बतास बहन थाल्यो
हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,
परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।
20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।
परमप्रभुको प्रशंसा गर!
7 त्यस रात परमेश्वर सुलेमान कहाँ आउनु भयो। परमेश्वरले भन्नुभयो, “सुलेमान, मैले तँलाई के दिएको तँ चाहन्छस् मलाई भन।”
8 सुलेमानले परमेश्वरलाई भने, “तपाईं मेरा पिता दाऊद प्रति अति दयालु हुनुहुन्थ्यो। तपाईंले मलाई मेरा पिताको स्थानमा नयाँ राजा बन्नका निम्ति चुन्नु भयो। 9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्। 10 अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।”
11 परमेश्वरले सुलेमानलाई भन्नुभयो, “तेरो ढाँचा ठीक छ। तैंले धन-सम्पत्तिका निम्ति वा सम्मानको माग गरिनस्। तैंले तेरा शत्रुहरू मारियोस् भन्ने याचना गरिनस् अनि तैंले लामो जीवनको माग गरिनस्। अँहँ तैंले ती कुराहरूका माग गरिनस्। तैंले बुद्धि अनि ज्ञानको याचना गरिस् जसमा कि तैंले मेरो मानिसहरूको निम्ति बुद्धिमानी पूर्वक निर्णय लिन सक्छस् ती मानिसहरू जो माथि शासन गर्न मैले तँलाई चुनें। 12 यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।”
13 त्यसैकारण, सुलेमान गिबोनमा आराधनाको स्थानमा गए। तब सुलेमानले भेट हुने पाल छाडे अनि यरूशलेममा इस्राएलमाथि शासन गर्न फर्किए।
32 “कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुन्छ। 33 होशियार रहो। सधैँ तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ।
34 “यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ। 35 यसकारण तिमीहरू सधैँ सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हुँदैनौ। ऊ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ। 36 मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रह्यौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन। 37 म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!’”
© 2004, 2010 Bible League International