Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लूका 1:46-55

मरियमद्वार परमेश्वरको प्रशंसा

46 त्यसपछि मरियमले भनिन्,

47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ,
    अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो।
    अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ।
    उहाँको नाउँ पवित्र होस्।
50 जसले परमेश्वरलाई उपासना गर्छ,
    उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ।
    उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ,
    अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ,
    तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ।
    उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न,
    हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

मीका 6:6-8

परमेश्वर हामीबाट के चाहानु हुन्छ?

जब म परमप्रभुको छेउमा जान्छु अनि प्रमाण गर्छु,
    तब परमेश्वरको छेउमा आफूसँग के लिएर जाऊँ?
के परमप्रभुलाई एक बर्षको बाछो,
    होमबलि चढाउन लिएर जाऊँ?
के परमप्रभु एक हजार भेंडा़
    र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ?
के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा
    जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ?

हे मानिस! परमप्रभुले तिमीहरूलाई के असल छ त्यो भन्नु भएकोछ।
    परमप्रभुले तिमीहरूलाई उहाँ के चाहानु हुन्छ,
त्यो बताउनु भएको छ।
    मानिसहरूसँग तिमी साँच्चो बन,
    अरूसँग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

हिब्रू 10:5-10

तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो,

“तपाईं बलि र भेटीहरू चाहनुहुन्न,
    तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।
बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न।
    पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
तब मैले भने, ‘परमेश्वर म यहाँ छु,
    व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ।
    तपाईले चाहेको काम गर्न म आएको छु।’”(A)

उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहान्छ। त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ। 10 येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International