Revised Common Lectionary (Complementary)
2 परमेश्वरले मलाई बचाउनु हुन्छ।
म उहाँमाथि भरोसा गर्दछु, म डराउने छैन्।
परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ।
उहाँले मलाई बचाउनु हुन्छ,
अनि म उहाँको महिमाको गुणगान गर्नेछु।”
3 तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ।
तब तिमीहरू आनन्दित हुनेछौ।
4 त्यसपछि तिमीहरू भन्नेछौ,
“परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर!
उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन!
र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
5 परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ।
किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ!
परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ।
यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
6 हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ!
इस्राएलका परमपवित्र परमेश्वर
तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
त्यसैले आनन्दित होऊ!
इस्राएलका व्यपारिहरू केवल पैसाको पछि लागिरहन मन पराउँछन्
4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्।
तिमीहरूले यस देशको गरीबहरू नष्ट पार्न चाहन्छौ।
5 हे व्यापारिहरू हो! तिमीहरू भन्दछौ,
“औंसी कहिले बित्छ,
ता कि हामी गहुँ बेच्न सक्छौं।
कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने?
तब हामीले खोटो तराजु प्रयोग गरेर ठग्न सक्छौं,
र हाम्रा ग्राहकहरूलाई धोका दिन सक्छौ।
6 तिमीले आफैंलाई भन्छौ,
‘हामीले गरीबलाई चाँदीले किन्छौं
अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं।
हामी सडेको गहुँ पनि बेच्छौं।’”
7 परमप्रभुले “याकूब गर्व” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो:
“म उसको कर्म कदापि भुल्ने छैन।
8 किनभने यी कार्यहरूको कारण सम्पूर्ण भूमि काम्नेछ।
यस देशमा बस्ने प्रत्तेक मानिस
मृत्यु भएको मानिसहरूको निम्ति रुनेछन्।
मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ।
भूमि यता उता फ्याँकिनेछ।”
9 परमप्रभुले भन्नुभयो,
“म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु
अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।
10 म तिमीहरूको चाडको दिनहरूलाई शोक मनाउने दिनहरूमा
र खुशीको सबै गीतहरूलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु।
म तिमीहरूलाई वस्त्रहरू शोक लगाएका बनाउनेछु
र टाउको खौराउनेछु।
म तिमीहरूले जन्माएको
एउटै मात्र छोरो मर्दा शोक गरे जस्तै पारिदिन्छु,
अनि यो तिक्त दिन हुनेछ।”
परमप्रभुको वचको एउटा डरलाग्दो अनिकाल आउँदैछ
11 परमप्रभु भन्नुहुन्छ,
“हेर, त्यो दिन नजिकै आउँदैछ,
जब म देशमा अनिकाल ल्याउँनेछु।
मानिसहरू रोटी र पानीको निम्ति
भोकाउने वा तिर्खाउने छैनन्।
तर मानिसहरू परमप्रभुको वचनको निम्ति भोकाउने, तिर्खाउने छन्।
12 तिनीहरू परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि
महासागर सम्म यता-उता जानेछन्,
अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरू
परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ,
तर तिनीहरूले पाउने छैनन्।
ख्रीष्टियन साथीहरूलाई सहायता गर
9 परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन। 2 म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्। 3 तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस। 4 यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ। 5 त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।
6 याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ। 7 हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ 8 अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ। 9 धर्म शास्त्रमा यो लेखिएको छः
“उसले उद्धारता पूर्वक गरीबहरूलाई दिंदछ,
उसको दयाभाव सदा-सर्वदा रहिरहन्छ।”(A)
10 परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिऊ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ। 11 परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैँ मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।
12 तिमीहरूले यस सेवालाई दिइरहेको दानले परमेश्वरका मानिसहरूको खाँचो टार्छ। तर तिम्रो दयाभावले यति नै मात्र गर्दैन, यसले परमेश्वर प्रति धन्यवादका भावना उर्लेर आउछन्। 13 यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वाशको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ। 14 अनि जब तिनीहरू तिमीहरूकोलागि प्रार्थना गर्दछन् तिनीहरू तिमीहरूलाई दिनु भएको असीम अनुग्रहले तिनीहरूलाई यस्तो लाग्छ। 15 उनको वयान गर्न नसक्ने दानको लागि परमेश्वरलाई धन्यवाद देऊ।
© 2004, 2010 Bible League International