Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लूका 1:68-79

68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर।
    कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो,
    अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
69 परमेश्वरकै सेवक दाऊदका बंशबाट
    उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ।
    धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।
71 उहाले हामीलाई शत्रुहरूदेखि,
    अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ।
    उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
73 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएको थियो की
74 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पन्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ,
    औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
75     जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।

76 “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ।
    उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ।

78 “परमेश्वरको प्रेमपूर्ण करूणा पाएर,
    हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ।
79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ।
    उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”

मलाकी 3:5-12

तब म तिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरूद्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कति मानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकम दिंदैनन्। विधवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

परमेश्वरलाई लुट्नु

“म परमप्रभु हुँ, अनि म परिवर्तन हुनेछैन। तिमीहरू याकूबका सन्तान हौ, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो। तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुशरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

“तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’

“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो।

“तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’

“तिमीहरूले मलाई तिमीहरूको चीजको दशांश दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ। यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएर आऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्वाद दिनेछु। तिमीहरूसँग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन् जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ। 11 म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

12 “अन्य जातिहरूले पनि तिमीहरूलाई सुखी भन्नेछन्। तिमीहरूको देश साँच्चै नै आश्चर्यजनक देश हुनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।

फिलिप्पी 1:12-18

पावलको कष्ट परमेश्वरको काममा सहायक

12 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो। 13 म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुझेकाछन्। 14 म अझै बन्दी छु, तर धेरै जसो विश्वासीहरू सुसमाचार सहास र निर्भय साथ प्रचार गर्न सहासी बनिएका छन्।

15 कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। 16 यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। 17 तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। 18 तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्।

अनि म खुशी नै भइरहन्छु।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International