Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 90

चौथो भाग

(भजनसंग्रह 90–106)

परमेश्वरको जन, मोशाको प्रार्थना।

90 हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।
परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं
    अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं।
    परमेश्वर, तपाईं सधैँ परमेश्वर रहनु भयो र सधैँ हुनुहुने नै छ।

तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ
    अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ।
तपाईंको लागि हजारौं बर्षहरू पनि
    हिजो बितेको रात जस्तै लाग्दछ।
हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ।
    हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ।
हामी घाँस जस्तै छौ।
    बिहान पख घाँस उम्रन्छ
    अनि बेलुकी यो ओइलाएर मर्छ।
हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ।
    तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ।
    हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।
तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ।
    कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ।
10 हामी सत्तरी बर्षसम्म बाँच्न सक्छौं,
    यदि अझ बलियो भए अस्सी बर्षसम्म बाँच्न सक्छौं।
हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ।
    त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
11 हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन।
    तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
    ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
13 हे परमप्रभु, सधैँ हाम्रो पछाडि आउनुहोस्।
    आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।
14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्।
    हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं।
15 तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो।
    अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
16 तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्,
जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ,
    अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।
17 हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्।
    हामी जे काम गछौ त्यो फलदायक होस,
    हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।

2 शमूएल 7:18-29

दाऊदले परमेश्वरलाई प्रार्थना गर्छन्

18 तब राजा दाऊद परमप्रभुको सामुने बसे। दाऊदले भने,

“हे परमप्रभु तपाईंले मेरो परिवालाई हामीले चाहेको भन्दा महत्वपूर्ण बनाउनु भएको निम्ति तपाईंलाई धन्यवाद दिन्छु। तपाईंले किन हामीलाई यस्तो उच्चा स्थान दिनुभयो? 19 म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बन्नु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमप्रभु, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो? 20 मेरा मालिक, तपाईंलाई थाहै छ म सेवक बाहेक केहि होइन। 21 तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौं। 22 परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।

23 “तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो। 24 तपाईंले इस्राएलका मानिसहरूलाई सधैँको निम्ति आफ्नो बनाउनु भयो। अनि परमप्रभु, तपाईं तिनीहरूका परमेश्वर हुनुभयो।

25 “अहिले, परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने वचन दिंदैहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो वचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस्। 26 तब तपाईंको नाउँ सदा-सर्वदा सम्मानित हुनेछ। मानिसहरूले भन्नेछन्, ‘सर्वशक्तिमान् परमप्रभु परमेश्वरले इस्राएललाई शासन गर्नुहुन्छ। अनि यस्तो होस् कि दाऊद परिवार तपाईंको सामुन्ने स्थापित होस्।’

27 “तपाईं सर्वशक्तिमान्, इस्राएलका परमेश्वर, मलाई धेरै कुरा देखाउनु भयो। तपाईंले भन्नु भयो, ‘तेरो परिवारलाई महान बनाइदिन्छु।’ यसैले गर्दा म, तपाईंको सेवक, यस्तो प्रार्थना गर्ने विचार लिएँ। 28 परमप्रभु मेरा मालिक, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंले भन्नु भएका कुराहरूमा म सत्य मान्न सक्छु। अनि तपाईंले भन्नु भयो यी असल कुराहरू मसँग घट्ने छन्। 29 मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैँ तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैंले यसो भन्नु भएको थियो। तपाईं आफैंले मेरा परिवारलाई सधैँ भरिको निम्ति आशीर्वाद दिनुभयो।”

प्रकाश 22:12-16

12 “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु। 13 मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ।

14 “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। 15 नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्।

16 “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International