Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 25:1-10

दाऊदको भजन।

25 हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
    र म कहिले निराशा हुने छैन।
    मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
    तर विश्वासघातीहरू निराशा हुनेछन्।
    तिनीहरूले केही पनि पाउने छैनन्।

हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
    मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
    म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्,
    मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्।
    किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ।
    उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।
जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।
    यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
10 परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ
    जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

नहेम्याह 9:16-25

16 तर ती हाम्रा पुर्खाहरू अट्टेरी थिए
    अनि तपाईंका आदेश पालन गरेनन्।
17 तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे,
    अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्।
तिनीहरू घमण्डी भए
    अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे।

“तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ,
    दयालु अनि कृपालु
    र धीरजी प्रेमपूर्ण हुनुहुन्छ।
यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,
18 जब तिनीहरूले स्वयंका निम्ति धातु निर्मित बाछा को मूर्ति बनाए।
अनि तिनीहरूले भने, ‘यो तिमीहरूको देवता हो,
    जसले तिमीहरूलाई मिश्रदेश बाहिर ल्याए,
    जब तिनीहरूले तपाईंको विरूद्ध डरलाग्दा कुराहरू गरे।’
19 तर तपाइको महान
    करूणाको कारणले गर्दा,
तपाईंले तिनीहरूलाई
    मरुभूमिमा छोडनु भएन,
बादलको खामोले तिनीहरूलाई
दिनको यात्रामा अगुवाई गर्न रोक्नु भएन
    अनि आगोको ज्वालाले
राती तिनीहरू हिंडनु पर्ने बाटो
    उज्यालो तुल्याउन छोडनु भएन।
20 तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो।
    तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन,
    अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
21 तपाईंले चालीस बर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो,
    त्यहाँ तिनीहरूलाई केही अभाव थिएन।
तिनीहरूका वस्त्रहरू मक्किएनन्
    र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
22 तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो।
    तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो।
तिनीहरूले हेशबोनका राजा सीहोनको देश
    अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।
23 तपाईंले तिनीहरूका सन्तानहरूलाई
    आकाशका ताराहरू जस्तै अनगिन्ती तुल्याई दिनुभयो।
तपाईंले तिनीहरूलाई त्यो भूमिमा ल्याउनु भयो
    जुन भूमिमा तिनीहरूका पुर्खाहरूलाई
    प्रवेश गर्ने, अधिकारदिनु भएको थियो।
24 केटा-केटीहरू प्रवेश गरे
र त्यो भूमि अधिकारमा लिए।
    अनि तपाईंले तिनीहरू समक्ष
त्यस भूमिका कनानीहरूलाई
    परास्त गर्नुभयो।
25 तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो,
    तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी।
तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए।
    तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी
अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए।
    यसरी तिनीहरूले पेट भरून्जेल खाए र मोटाभए
तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।

1 थिस्सलोनिकी 5:12-22

अन्तिम निर्देशन र अभिवादन्

12 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! अब हाम्रो निवेदन छ कि जसले तिमीहरू माझ कठोर परिश्रम गरे, जसले तिमीहरूलाई परमप्रभु तर्फ डोर्याएर असल शिक्षा दिए तिनको सम्मान गर। 13 हामी निवेदन गर्छौं कि तिनीहरूले गरेको कामको सम्मानको निम्ति सम्मानको विशेष प्रेम दर्शाऊ।

परस्परमा शान्तिपूर्वक बस। 14 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू अल्छेहरूलाई चेताउनी दिनु, डरपोकहरूलाई उत्साह दिनु, दुर्वलहरूलाई सहायता दिनु र सबैसित धैर्य राख्नु भनि हामी तिमीहरूलाई विन्ति गर्छौं। 15 याद गर, कसैले गलत कामको बद्ला नलियोस्। तर प्रत्येकले एक-अर्काको अनि प्रत्येकको भलाई गर्ने लक्ष्य बनाउनु पर्छ।

16 सधैँ प्रसन्न बस। 17 प्रार्थना गर्न कहिल्यै नछोड। 18 सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।

19 पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। 20 भविष्यवाणीलाई महत्वहीन नठान। 21 हरेक कुरालाई जाँच र असल जति राख। 22 हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International