Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाईः दाऊदको भजन।
13 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ?
के मलाई सदाको लागि बिर्सनु हुन्छ?
कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ?[a]
2 कहिलेसम्म म अन्योलमा परूँ,
कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु?
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?
3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्!
मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।
4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!”
यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।
5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें।
तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!
6 म परमप्रभुको लागि सुखको गीत गाउने छु,
किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।
एउटा भेंडा़ अनि एउटा बोकोको विषयमा दानियलको दर्शन
8 बेलसजर राजाको शासनकालको तेस्रो बर्षमा मैले यो दर्शन देखें। यस दर्शन त्यो दर्शन पछिको दर्शन हो। 2 मैले यो दर्शनमा देखें कि म शूशन शहरमा थिएँ। शूशन एलाम प्रान्तको राजधानी थियो। मेरो दर्शनमा म ऊलै नदीको किनारमा थिएँ। 3 मैले माथि आँखा उठाएर हेरें, ऊलै नदीको किनारमा साँढ भेडो उभिरहेको थियो। त्यसका दुइवटा लामो सींङहरू थिए एउटा भन्दा अर्को लामो थियो। लामो सींङ पछि उम्रेको थियो। 4 मैले भेंडो़लाई पश्चिम, उत्तर अनि दक्षिणका कुनाहरूमा यसले सींङ्गौरी खेल्दै दगुरी रहेको देखें। अनि त्यसको शक्तिबाट कसैलाई छुट्टाउन सक्तैन थियो। यसको आफ्नो शक्तिलाई इच्छा अनुसार प्रयोग गर्थ्यो।
5 मैले उत्तर, पश्चिम अनि दक्षिणमा चीजहरूमा त्यो भेंडा़का सिँगहरू ठोकिँदै गरेको देखें। अनि अरू पशु यसको छेउमा उभिन सकेनन्। अनि कसैले तिनीहरूलाई यसको शक्तिबाट बचाउन सकेनन्। यसले आफ्नो क्षमता आफूले चाहे जस्तै देखायो।
6 अनि बोको दुइवटा सींङ भएको भेंडा़कहाँ आयो। (यो त्यही भेडो थियो जुन मैले ऊलै नदीको किनारमा देखेको थिएँ।) अनि बोको एकदमै रिसाएर भेडोतिर कुद्यो। 7 मैले बोकालाई भेंडा़तिर कुद्दै गरेको देखें। अनि बोकाले भेडोलाई हान्यो भेडोका दुइवटा सींङ भाँचिदियो। बोकोसित भेंडो़को सामना गर्ने शक्ति थिएन। बोकोले भेंडो़लाई भूईंमा लडायो अनि त्यसलाई कुल्चियो। भेंडा़लाई बचाउने त्यहाँ कोही थिएन।
8 यसपछि त्यो बोको एकदमै शक्तिशाली भयो। तर जब त्यो शक्तिशाली भयो त्यसको सींङ्ग भाँचियो अनि फेरि त्यो ठूलो सींङको ठाँउमा चारवटा सींङ उम्रिए। ती चारैवटा सींङ अलगै देखिन्थ्यो अनि चारै दिशा पट्टि फर्किएको थिए।
9 फेरि त्यो चारै सींङहरू मध्ये एउटा सानो सींङ उम्रियो। त्यो सानो सींङ बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सींङ सुन्दर भूमि पट्टि बढेर गयो। 10 त्यो सानो सींङ बढेर आकाश छुन पुग्यो। त्यसले धेरै तारा र ग्रहहरूलाई पनि पृथ्वीमा झारी दियो। 11 सानो सींङ बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सींङले रोकिदियो। 12 अनुचित रीतिले नै जन-समुदाय अनि दैनिक भेंटीहरू त्यस समक्ष त्यसले चाहे अनुसार गर्न सुम्पियो। यसले सत्यलाई भूईमा फ्याँकिदियो। त्यो आफ्नो प्रत्येक कार्यमा सफल भयो।
13 फेरि मैले कुनै पवित्र मानिसहरू मध्ये एकजनाले बोल्दै गरेको सुनें। तब अर्कोले पहिलो पवित्र मानिसलाई उत्तर दिँदै थियो। पहिलो पवित्र मानिसले भन्यो, “कहिले सम्म यी कुराहरू भई रहनेछन्? दैनिक बलियो यो दर्शन, विनाशी पाप जसले नष्ट पार्छ पुण्यस्थलको नियन्त्रण अनि जनसमूदायलाई सुम्पिन्छ?”
14 अर्को पवित्र एकले गने “यो 2,300 दिनको निम्ति हुनेछ। तब पवित्र स्थान स्थापना गरिनेछ।”
ख्रीष्टबाट मुख नफर्काऊ
26 सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन। 27 यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ। 28 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो। 29 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो। 30 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।”(A) परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”(B) 31 जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
© 2004, 2010 Bible League International