Revised Common Lectionary (Complementary)
94 हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ,
जसले मानिसहरूलाई दण्ड दिन्छ।
तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
2 तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ।
अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
3 हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्?
कहिले सम्म परमप्रभु?
4 कहिलेसम्म ती दुष्टकर्मीहरूले
भयङ्कर कामहरू गर्नेछन्?
5 हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए।
तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
6 ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे।
तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
7 अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्।
तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।
8 तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ?
हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ?
तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ।
तिमीहरूले बुझ्नै पर्छ।
9 परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो,
निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ।
परमेश्वरले आँखा बनाउनु भयो,
निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ।
10 परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ।
ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
11 मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ।
परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्।
12 मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ।
परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
13 हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ,
जो सङ्कट आईपर्दा बिछिन्न हुँदछ।
जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन,
त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
14 परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न,
उहाँले तिनीहरूलाई सहयोग गर्न छोड्नुहुन्न।
15 न्याय फर्केर निर्मलतासित आउने छ।
अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।
16 कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लड्न सघाएनन्।
कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाईँ गर्न उभिएनन्।
17 यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए,
मृत्युद्वारा म मौन भइसकेको हुन्थें।
18 म जान्दछु कि म पतन हुन लागेको थिएँ,
तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
19 म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ
तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!
20 परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्।
ती दुष्ट न्यायकर्ताहरूले साधारण जनताको लागि,
कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
21 त्यस्ता न्यायकर्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्।
तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
22 तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
परमेश्वर मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
23 परमेश्वरले भयङ्कर कार्य गर्ने ती दुष्ट न्यायकर्ताहरूलाई दण्ड दिनुहुनेछ।
परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे।
परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्ताहरूलाई नष्ट गर्नुहुनेछ।
7 (धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।) 8 यसर्थ त्यो नजिकको आफन्तले भने, “त्यो भूमि किन।” अनि त्यसपछि त्यो नजिकको आफन्तले आफ्नो जुत्ता खोले र बोअजलाई दिए।
9 तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन अनि महलोनको थियो। 10 म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”
11 यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने, “मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन, 12 तामारले यहूदाका छोरा पेरेसलाई जन्म दिईन, अनि तिनको परिवार महान बन्यो। त्यही प्रकारले परमप्रभुले तिमीलाई रूथद्वारा धेरै-धेरै सन्तानहरू दिउन्। अनि तिम्रो परिवार उहाँको जस्तै महान बनोस्।”
13 यसर्थ बोअजले रूथलाई बिवाह गरे। परमप्रभुले रूथलाई गर्भवती बन्नदिनु भयो। अनि तिनले एक छोरालाई जन्म दिइन्। 14 शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्। 15 यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन्, अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”
16 नाओमीले बालकलाई बोकिन र आफ्नो अंगालोमा लिइन् अनि उसको हेरचाह गरिन्। 17 छिमेकीहरूले बालकको नाउँ राखि दिए। ती स्त्रीहरूले भने, “नाओमीको अब एउटा छोरा छ।” अनि तिनीहरूले उसलाई ओबेद नाउँदिए। ओबेद यिशैका पिता थिए। अनि यिशै राजा दाऊदका पिता थिए।
रूथ अनि बोअजका परिवार
18 पेरेसको पारिवारिक इतिहास यो होः
पेरेस हेस्रोनका पिता थिए।
19 हेस्रोन रामका पिता थिए।
राम अम्मीनादाबका पिता थिए।
20 अम्मीनादाब नहशोनका पिता थिए।
नहशोन सल्मोनका पिता थिए।
21 सल्मोन बोअजका पिता थिए।
बोअज ओबेदका पिता थिए।
22 ओबेद यिशैका पिता थिए।
यिशै दाऊदका पिता थिए।
येशू आफ्नो शहरमा जानुहुन्छ
(मत्ती 13:53-58; मर्कूस 6:1-6)
16 येशूले आफू हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो। 17 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेट्टाउनु भयोः
18 “परमप्रभुको आत्मा ममाथि छ।
परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन,
बन्धनमा परेकाहरूलाई स्वतन्त्र गर्न,
अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ।
अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
19 अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ,
भनिघोषणा गर्न पठाउनु भएकोहो।”(A)
20 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए। 21 येशू तिनीहरूसँग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”
22 सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?”
23 येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैध! आफैंलाई निको पार। तिमीले आफ्नै शहरमा पनि त्यही गर।’” 24 त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन। म जे भन्दैछु त्यो साँच्चो हो।
25-26 “एलियाको समयमा साढे तीन वर्षसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए। तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।
27 “अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”
28 सबै मानिसहरू जो सभा-घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए। 29 मानिसहरू उठे अनि येशूलाई शहर छाड्न वाध्य गराए। तिनीहरूको शहर एउटा टाकुरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुर्याए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे। 30 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।
© 2004, 2010 Bible League International