Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 112

112 परमप्रभुको प्रशंसा गर!

कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ।
    त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ र ऊ सुखी हुनेछ।
उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ।
    असल मानिसका सन्तानहरूलाई साँच्चो रूपमा आशीर्वाद दिइनेछ।
त्यस मानिसको परिवारहरू अति सम्पन्न हुनेछ
    अनि उसको भद्रता सदा-सर्वदा रहने छ।
सोझा मानिसहरूको लागि, परमेश्वर अन्धकारमा चम्किरहने ज्योतिको स्वरूप हुनुहुन्छ।
    परमेश्वर धर्मी, दयालु र करूणामय हुनुहुन्छ।
मानिसको लागि दयालु र उद्धार हुनु उत्तम हो।
    एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
त्यो मानिसको पतन कहिल्यै पनि हुनेछैन,
    असल मानिसको सधैँ स्मरण गरिन्छ।
उनी कुनै पनि नराम्रो समाचारले डराउनु हुँदैन।
    त्यो मानिसमा आत्मविश्वास छ किनभने उसले परमप्रभुमाथि विश्वास गर्दछ।
त्यो मानिसमा आत्मविश्वास छ, ऊ भयभीत हुनेछैन।
    उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार
    गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ।
    अनि उसको उपकार सर्वदा रही रहने छ।
10 दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्।
    तिनीहरूले रीसमा आफ्ना दाँतहरू कड्कडाउँछन्।
    तर त्यसपछि तिनीहरू अल्पिने छन्।
    दुष्ट मानिसहरूले आफूले चाहेका कुराहरू पाउने छैनन्।

यर्मिया 3:6-14

दुइ जना नराम्रा दिदी बहिनी, इस्राएल र यहूदा

योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि ऊ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई। मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी। इस्राएल अविश्वासी थिए अनि तिनले चालपाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चालपाई कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं काम गर्नु लागि। यहूदाले आफू वेश्या झैं काम गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी। 10 इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।

11 परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन। 12 यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर:

“‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’
    यो सन्देश परमप्रभुबाट आएको थियो।
‘तिमीहरू माथि आँखा तर्न बन्द गर्छु,
    किनकि म पूर्ण कृपालु छु।’
यो सन्देश परमप्रभुबाट आएका हो:
‘म अब उसो तिमीसित रीस गर्ने छैन।
13 तिमीले आफ्नो खराब काम स्वीकार गर्नु पर्छ।
    तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरुद्ध
    अपराध गरेका छौ।
प्रत्येक हरियो रूखमुनि तिमीले
    पराई देवताहरू पुज्यौ।
    तिमीले मेरो कुरा सुनेका छैनौं।’”
यो सन्देश परमप्रभुबाट आएको हो।

14 “हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो। “म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।

मत्ती 5:27-36

येशूद्वारा व्यभिचार बारे शिक्षा

27 “तिमीहरूले यसो भनेको सुनेकाछौ, ‘व्यभिचारको पापबाट अलग बस।’(A) 28 तर म तिमीहरूलाई भन्दछु, जसले स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै उसित त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पुर्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा पर्नु भन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ। 30 यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गराउँछ भने त्यसलाई काटेर फालिदेऊ। किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानु भन्दा बरू तिम्रो अङ्गहरूमध्ये एउटा नष्ट हुनु तिम्रो निम्ति हितकारी हुनेछ।

येशूद्वारा सम्बन्ध बिच्छेद शिक्षा

(मत्ती 19:9; मर्कूस 10:11-12; लूका 16:18)

31 “यसलाई यसप्रकारले भनिएको छ, ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’(B) 32 तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।

येशूद्वारा शपथ बारे शिक्षा

33 “फेरि तिमीहरूले सुनेकाछौ, कि हाम्रा प्राचीन समयका पुर्खाहरूलाई यसो भनिएको थियो, ‘जब तिमी शपथ खान्छौ, त्यो प्रतिज्ञा नतोड। परमेश्वरको निम्ति आफ्नो प्रतिज्ञा पूरा गर।’[a] 34 तर म तिमीहरूलाई भन्दछु, स्वर्गको नाउँमा कसम वा प्रतिज्ञा खाँदै नखाऊ, किनभने स्वर्ग परमेश्वरको सिंहासन हो। 35 पृथ्वीको नाममा पनि कसम नखाऊ, किनभने पृथ्वी परमेश्वरको पाउदान हो। यरूशलेमको नाउँमा कसम नखाऊ, किनभने त्यो महाराजाको शहर हो। 36 अनि आफ्नो शिरको कसम पनि नखाऊ, किनभने तिमी आफ्नो शिरको एउटा केशलाई पनि सेतो वा कालो तुल्याउन सक्दैनौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International