Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यर्मिया 23:1-6

23 “त्यो भेंडा़ गोठालाहरूलाई धिक्कार जसले मेरा भेंडा़हरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो।

ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाईदियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने खर्कमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने खर्कमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ। म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो।

धार्मिक “हाँगा”

यो सन्देश परमप्रभुबाट आएको हो;
“हेर अब त्यो समय आइरहेछ,
    कि म दाऊदको कुलमा एउटा धार्मिक ‘शाखा’ स्थापित गर्नेछु।
उसको ज्ञानले शासन चलाउनेछ,
    र धर्म र न्याय गर्नेछ।
त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ,
    अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ।
उहाँको नाउँ यो हुनेछ,
    ‘परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ’।

भजनसंग्रह 23

दाऊदको भजन।

23 परमप्रभु मेरो गोठाला हुनुहुन्छ।
    मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ।
    उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ।
    उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।
यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि,
    डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ।
    तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ।
हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो,
    अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो।[a]
    मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।
मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ,
    अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।

एफिसी 2:11-22

ख्रीष्टमा एक

11 तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। 12 याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ। 13 हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाढा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।

14 ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।

15 यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुइ अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो। 16 क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो। 17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए। 18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।

19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ। 20 तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ। 21 त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढ़दछ। 22 अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।

मर्कूस 6:30-34

येशूद्वारा पाँचहजार भन्दा अधिकलाई भोजन

(मत्ती 14:13-21; लूका 9:10-17; यूहन्ना 6:1-14)

30 येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए। 31 येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊँ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।”

32 यसकारण येशू र उहाँका चेलाहरू डुङ्गामा चढेर एकान्त ठाउँमा जानुभयो। 33 तर धेरै मानिसहरूले उहाँहकलाई गएको देखे। तिनीहरूले थाहा पाए उहाँ येशू नै हुनुहुन्छ। अनि सबै शहरका मानिसहरू येशू भएकै तिर दगुरे। येशू पुग्नु भन्दा अघिनै मानिसहरू त्यहाँ पुगे। 34 जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर येशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेंड़ाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।

मर्कूस 6:53-56

येशूले धेरै मानिसहरूलाई निको पार्नुभयो

(मत्ती 14:34-36)

53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे। 54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने। 55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए। 56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International