Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 85:8-13

उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
    परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
    यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
    हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
    धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
    अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
    अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
    र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

आमोस 4:6-13

“मनै हुँ जसले तिमीहरूलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरूलाई कुनै खानेकुरा दिइन। तिमीहरूका सबै शहरहरूमा अन्न थिएन तर तिमीहरू फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।

“मैले बर्षा रोकिदिएँ अनि यो फसल पाक्नु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिएँ तर अर्कोमा दिइनँ। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो। यसकारण दुइ या तीन शहरका मानिसहरू पानीको निम्ति अर्को शहर तिर डुलिहिँडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरू सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

“मैले तिम्रो फसलहरू ज्यादै गर्मी र किराहरूद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरू मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरू सबै नष्ट पारिदियो। तर पनि तिमीहरू सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।

10 “मैले तिमीहरूका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरूका युवाहरूलाई तलवारले काटेर मारें। मैले तिमीहरूका घोडाहरू लगें। मैले तिमीहरूको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरू भन्नुहुन्छ।

11 “मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरूलाई नष्ट पारें। तिमीहरू आगोबाट निक्लेको धुवाँसित बल्दैगरेको दाऊरा जस्तै छौ। तर पनि तिमीहरू मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।

12 “यसकारण, इस्राएल! म तिमीहरूलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरू परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।”

13 परमेश्वर नै एकजना हुनुहुन्छ
    जसले पहाड र बतास सृजना गर्नहुन्छ।
    उहाँले मानिसहरूलाई आफ्नो बिचार भन्नुहुन्छ।
बिहानलाई अँध्यारोमा परिवर्तन गर्नुहुने उहाँनै हुनुहुन्छ।
    अनि पृथ्वीका पहाडहरूमाथि चढ्नु हुन्छ।
    उहाँको नाउँ यहोवा हो, सर्वशक्तिमान परमप्रभु परमेश्वर।

लूका 1:57-80

यूहन्नाको जन्म

57 इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्। 58 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसँग खुशी थिए।

59 बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबुको नाउँ थियो। 60 तर उसकी आमाले भनिन्, “होइन, उसको नाउँ यूहन्ना हुनेछ।”

61 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।” 62 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?” भनिसोधे।

63 जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे। 64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे। 65 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले। 66 जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।

जकरियाद्वारा परमेश्वरको प्रशंसा

67 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः

68 “इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर।
    कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो,
    अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
69 परमेश्वरकै सेवक दाऊदका बंशबाट
    उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ।
    धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।
71 उहाले हामीलाई शत्रुहरूदेखि,
    अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ।
    उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
73 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएको थियो की
74 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पन्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ,
    औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
75     जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।

76 “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ।
    उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो बुझाउनेछौ।

78 “परमेश्वरको प्रेमपूर्ण करूणा पाएर,
    हामीमा स्वर्गबाट एउटा नयाँ उज्यालो ज्योति चम्कनेछ।
79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ।
    उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”

80 यसरी नै ती बालक बढ्दै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International