Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 119:81-88

काफ्

81 म मर्न आँटेको छु।
तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु।
    तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।
82 मैले तपाईंको प्रतिज्ञा लगातार हेरिरहेकोछु।
    तर मेरो आँखाहरू शिथिल भइरहेछन्,
    परमप्रभु कहिले मलाई सान्त्वना दिनुहुन्छ?
83 म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि,
    तपाईंको नियमहरू भुल्ने छैन।
84 म कहिले सम्म बाँच्ने छु?
    हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?
85 कतिपय अंहकारी मानिसहरूले मलाई झूटो कुराहरू जुन तपाईंको
    उपदेशहरूको विरूद्ध हुन् तीद्वारा मलाई प्रहार गरे।
86 हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्,
    ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे, मलाई सहायता गर्नुहोस्!
87 ती मानिसहरूले प्रायः मलाई ध्वंश गरिसके।
    तर मैले तपाईंको आज्ञाहरू मान्न छाडिनँ।
88 हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा मलाई दर्शाउनु होस्
    अनि मलाई बाँच्न दिनुहोस् र तपाईंले जे भन्नुहुन्छ म त्यही गर्नेछु।

इजकिएल 2:8-3:11

“हे मानिसको छोरो! तिमीले ती कुराहरू सुन्नु पर्छ, जुन कुरा म तिमीलाई भन्छु। ती बागी मानिसहरू जस्तै मेरो विरूद्ध नहोऊ। आफ्नो मुख खोल, जुन कुरा म तिमीलाई भन्छु त्यो स्वीकार गर अनि ती कुराहरू मानिसहरूलाई भन। यी सबै वचनहरू पालनगर।”

अनि जब मैले एउटा हात आफूतिर बढ़दै गरेको देखें। त्यो एउटा मुट्ठो पारेर बेह्ररिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो। 10 मैले त्यो बेहेरिएको पत्र खोलें अनि त्यसको छेउ अनि पछाडि पट्टि केही कुराहरू लेखिएको थियो। त्यसमा सबै प्रकारको विलाप, शोक र दु:खका गीत, कथाहरू अनि चेताउनीहरू थिए।

परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेह्ररिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।”

यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेह्ररिएको पत्र मेरो मुखमा राखिदिनु भयो। तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेह्ररिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।”

यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।

तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन। मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्। अँहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्। तर म तिमीलाई त्यति नै हठ्ठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ। हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठ्ठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैँ मेरो विरूद्धमा गएका छन्।”

10 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ। 11 तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ, जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”

2 कोरिन्थी 11:16-33

पावल आफ्ना कष्टहरू सुनाउँछन्

16 म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै सम्झन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ। 17 म गर्व गर्छु किनकि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु। 18 धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु। 19 तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ। 20 यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफैं घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ। 21 तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं।

तर यदि कसैले गर्व गर्ने साहस गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु। 22 के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हुँ। 23 तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै-झण्डै मरेको हुँ।

24 मैले पाँच पल्ट यहूदीहरूबाट उनन्चालिस कोर्रा खाएको छु। 25 तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ। 26 मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ।

27 मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो। 28 अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यो। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु। 29 कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो।

30 यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्। 31 परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ। 32 जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे। 33 तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International