Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 130

मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

130 हे परमप्रभु, म गहीरो सङ्कटमा छु।
    यसैकारण म तपाईंलाई गुहार मान्छु।
मेरो स्वामी! मलाई ध्यान दिनु होस्।
    मेरो गुहार प्रति ध्यान दिनु होस्।
परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,
    कुनै मानिस पनि जिउँदो हुने थिएन।
परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,
    त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।

म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु,
    मेरो आत्माले उहाँलाई पर्खिन्छ,
    परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
म मेरो स्वामीलाई पर्खिरहेछु।
    म एकजना पहरेदार जस्तै छु,
    जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।
    स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।
    अनि परमप्रभुले इस्राएलीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।

व्यवस्था 1:34-40

मानिसहरूलाई कनान जान दिइएन

34 “तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो, 35 ‘तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन। 36 यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’

37 “तिमीहरूको कारण परमप्रभु पनि मसित रिसाउनु भएको थियो। उहाँले मलाई भन्नुभयो, ‘मोशा, तिमी पनि त्यस भूमिमा पस्न सक्तैनौ। 38 तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढ्नेछन्।’ 39 अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्। 40 तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’

2 कोरिन्थी 5:1-5

हामी जान्दछौं, यस धर्तीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ। हामीलाई हाम्रो वर्तमान घरमा वाक्क दिक्क लागिसकेको छ अनि स्वर्गीय घर पाउने इच्छा गरिरहेका छौं अनि परमेश्वरले हामीलाई दिनु हुनेछ। त्यो हामीलाई पहिर्याई दिइनेछ र हामी नाङ्गो हुने छैनौं। जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ। परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International