Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 20

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

20 सङ्कष्ट परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्।
    याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्।
    उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्।
तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्।
    उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।
तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्।
    उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्।
जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं।
    परमेश्वरको नाउँको स्तुति गरौं।
तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!

अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ!
    परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ।
    परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्।
    तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए।
    तर हामीले जित्यौं! हामी विजेता हौं।

परमप्रभुले आफूले रोजेका राजालाई बचाउनु हुन्छ!
    परमेश्वरले रोजेका राजाले गुहार मागे अनि परमेश्वरले त्यसको जवाफ दिनुभयो!

गन्ती 6:22-27

पूजाहारीले दिने आशीर्वाद

22 परमप्रभुले मोशालाई भन्नुभयो, 23 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिँदा यसो भन्नु,

24 ‘परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।
25 परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्,
    अनि तिमीहरूमाथि अनुग्रह गरून्।
26 परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन्,
    अनि तिमीहरूमा शान्ति दिऊन्।’

27 यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”

मर्कूस 4:21-25

तिमीमा जे जति छ त्यो प्रयोग गर

(लूका 8:16-18)

21 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याउँछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ। 22 लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरू प्रकाशमा आउनेछन्। 23 तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।” 24 तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरूमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिँदछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। 25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफूसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International