Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 98

एउटा प्रशंसाको गीत।

98 परमप्रभु प्रति नयाँ गीत गाऊ
    किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
    उहाँलाई फेरि विजय तुल्यायो।
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
    परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
    सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
    प्रशंसाको गीत गाउन प्रारम्भ गर!
परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
    वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
तुरही र कर्णालहरू बजाऊ,
    अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
    पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
    पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
परमप्रभुको सम्मुख गाऔं!
    किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
    उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

यशैया 42:5-9

परमप्रभु नै संसारका शासक र निर्माणकर्त्ता हुनुहुन्छ

परमप्रभु, साँच्चो परमेश्वरले यी कुराहरू भन्नुभयो। (परमप्रभुले आकाशहरू बनाउनु भयो। परमप्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परमप्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परमप्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नु भयो जो पृथ्वीमा हिँड्दछन्।)

“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु।
    म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु।
तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ।
मानिसहरूसँग मेरो करार भएको।
    तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।
तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ,
अनि तिनीहरूले देख्न सक्नेछन्।
    धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ,
धेरै मानिसहरू अन्धकारमा बस्दछन्,
    तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।

“म परमप्रभु हुँ, मेरो नाउँ यहोवा हो।
    मेरो महिमा म अरूलाई दिने छैन्।
म झूटा देवताहरूलाई प्रशंसा लैजान दिने छैन,
    जुन मेरो हुनुपर्नेछ।
शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए
    अनि ती घटनाहरू भए।
अनि अब, यी घटनाहरू हुनु अघि नै,
    केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”

प्रेरित 10:34-43

कर्नीलियसको घरमा पत्रुसको भाषण

34 पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। 35 अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। 36 परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

37 “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। 38 तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ।

39 “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। 40 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। 41 तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं।

42 “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। 43 प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International