Revised Common Lectionary (Complementary)
150 परमप्रभुको प्रशंसा गर!
परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर!
उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर!
2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर।
उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर!
3 नरसिंङ्गा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर!
वीणाहरू बजाएर उहाँको प्रशंसा गर।
4 खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर।
तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर।
बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर!
5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर!
झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर!
6 प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर।
परमप्रभुको प्रशंसा गर!
आशाका वचनहरू
30 परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो। 2 परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख। 3 यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
4 परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो। 5 उहाँले भन्नुभयो,
“मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ।
मानिसहरू तर्सेका छन्, त्यहाँ शान्ति छैन।
6 “यो प्रश्न सोध, र यसलाई हेर:
के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन।
तब म किन प्रत्येक लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर,
प्रसव पीडामा परेकी स्त्री भूँडीमाथि हात राखी बसेकोझैं झैं देख्छु।
किन हरेक मानिसको अनुहार मरेको मानिस झैं पहेंलो भएको छ?
7 “हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ!
कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन।
याकूबको निम्ति यो अति दु:खको दिन हुनेछ,
तर याकूबलाई बचाइनेछ।
8 “त्यस समयमा,” परमप्रभु सर्व-शक्तिमान परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। बिदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन। 9 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
10 “यसकारण हे याकूब मेरो दास! नडराऊ।”
यो परमप्रभुबाट आएको सन्देश हो।
“हे इस्राएल! नडराऊ!
म तिमीलाई ती सुदूरका देशहरूबाट
जोगाएर ल्याउँछु
अनि तिमीहरूका सन्तानहरूलाई
कैदी बनाउने देशहरूबाट जोगाउनेछु।
याकूब फर्कनेछ,
अनि फेरि शान्ति पाउनेछ
र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
11 हे इस्राएल र यहूदका मानिसहरू,
म तिमीहरूसँग छु।”
यो परमेश्वरबाट आएको सन्देश हो।
“म तिमीहरूको रक्षा गर्नेछु।
मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें
ती सब नष्ट पार्नेछु,
तर तिमीहरूलाई नष्ट पार्दिन।
यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि,
सजाय भोग्ने पर्नेछ,
तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
10 यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरू को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरू को हुन्। मानिसहरू जसले जे उचित छ त्यो गर्दैन, तिनीहरू परमेश्वरका बालकहरू होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।
हामीले एक अर्कामा प्रेम गर्नुपर्छ
11 यो त्यो शिक्षा हो जो तिमीहरूले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ। 12 कयिन[a] जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरू गलत थियो अनि तिनका भाइले गरेका कुराहरू असल थियो।
13 भाइ अनि बहिनीहरू, जब यस संसारका मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, आश्चर्यचकित नबन। 14 हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरूलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन ऊ अझ मृत्युमा छ। 15 हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ ऊ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।
16 साँच्चो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ।
© 2004, 2010 Bible League International