Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 118:1-2

118 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
    उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
इस्राएल ले यसो भन्छ,
    “उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”

भजनसंग्रह 118:14-24

14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
    उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
    परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।

17 म बाँच्ने छु मर्ने छैन
    अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
    तर उहाँले मलाई मर्न दिनु भएन।
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
    अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
    विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
    मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।

22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
    त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
    अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
    फेरि आज प्रफुल्लित र खुशी हौं!

श्रेष्ठगीत 3

संगीहरूसँग स्त्री

राती मेरो ओछ्यानमा,
    म आफूले माया गरेको मानिस खोज्छु।
मैले उसलाई खोजें,
    तर उसलाई पाउन सकिनँ।
अब म उठ्छु,
    म शहर वरीपरी घुम्छु।
म मेरा प्रेमीलाई शहरको गल्ली,
    र कुना कुनामा खोज्छु।

मैले शहरका पालेहरूलाई भेटें,
    तर मैले उहाँलाई पाउँनु सकिनँ।
मलाई पालेहरूले शहर घुम्दै गर्दा भेटे,
    मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”

जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ,
    तब मैले मेरा प्रेमीलाई भेटें,
मैले उहाँलाई समातें,
    र उहाँलाई मेरी आमाको घरमा लगें,
अर्थात ती नारीको कोठामा,
    जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।

ऊ स्त्रीहरूसँग बोल्छे

हे यरूशलेमका तरूणीहरू हो मसँग प्रतिज्ञा गर।
    हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ
कि म तयार नभए सम्म तिमीले,
    आफ्नो प्रेम ममा जागृत गर्ने छैनौ।

यरूशलेमका स्त्रीहरू बोल्छन्

यी नारी को हुन् जो धेरै मानिसहरू सित,
    मरुभूमिबाट आइरहेकी छिन्?
तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ,
    मानौं कि त्यो धूवाँको बादल हो,
जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप,
    अथवा सुगन्धित मसला बाट निस्कन्छ।

सुलेमानको सवारी हेर!
    इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले
    त्यो पालकी रक्षा गरिरहेका छन्।
तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्,
    रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न
    तिनीहरू तत्पर छन्।

राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए।
    तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
10 त्यसका खम्बाहरू चाँदीले बनिएको छ,
    आधारहरू सुनको बनाएका छन्
आसन बैजनी रंगका लुगाले ढाकिएको छ।
    त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।

11 सियोनकी तरूणीहरू हो,
    बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर,
त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्,
    जुन दिन उनको विवाह भएको थियो।
    त्यो दिन उनी अत्यन्तै खुशी थिए।

मर्कूस 16:1-8

येशू मृत्युबाट बौरी उठेको समाचार

(मत्ती 28:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)

16 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन। ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”

जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो। तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।

उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो। अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”

ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।[a]

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International