Revised Common Lectionary (Complementary)
111 परमप्रभुको प्रशंसा गर!
म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्)
आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
2 परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ।
मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ।
3 परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो।
उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।
4 परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने
कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।
5 परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ,
उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ।
6 उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि
उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो।
7 प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ।
उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्।
8 परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्।
ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ।
9 परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो।
परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ।
परमेश्वरको नाउँ पवित्र र भययोग्य छ।
10 ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ।
मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्।
स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।
28 आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैँ भलो हुनेछ।
29 “तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ। 30 त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूटो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’ 31 परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।
32 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।
पर्गाममको मण्डलीलाई येशूको पत्र
12 “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख:
“जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरूलाई यी कुराहरू भनिरहेछन्।
13 “मलाई थाहा छ तिमीहरू कहाँ बस्छौ। तिमीहरू त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरू म प्रति विश्वासी छौ। तिमीहरूले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरूको नगरमा मारियो। तिमीहरूको नगर त्याही हो जहाँ शैतान बस्छ।
14 “तर तिमीहरूका विरुद्ध मेरा केही कुराहरू छन् तिमीहरूको समुदायमा केही मानिसहरू छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरूलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालाकलाई सिकाए। 15 तिमीहरूको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरू माझ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरू छन्। 16 यसर्थ तिमीहरूको हृदय परिवर्तन गर। यदि तिमीहरू परिवर्तन भएनौ भने, मेरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरूसँग लड्न चाँडै तिमीहरूकहाँ आउनेछु।
17 “जसले सुन्नुसक्छ मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।
“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।
© 2004, 2010 Bible League International