Revised Common Lectionary (Complementary)
परमेश्वरको बोलावट अनि योनाको आज्ञा पालन
3 त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो, 2 “तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।”
3 यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे साह्रै ठुलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो।
4 योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”
5 परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरूले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरू उपवास बसे र तिनीहरूले गरेका पापहरूका निम्ति सोच्न थाले। मानिसहरूले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरू धरण गरे। शहरको सबै साना-ठूलाहरूले यसै गर्न थाले।
10 मानिसहरूले जुन कुरा गरेकाथिए त्यो परमेश्वरले देख्नु भयो। कसरि तिनीहरू आफ्ना कुकर्मबाट फर्किएर आए। त्यसैले परमेश्वरले आफ्नो इच्छा बद्लिनुभयो, अनि तिनीहरूमाथि जुन आपत्ति ल्यउन सोच्नु भएको थियो सो गर्नु भएन। परमेश्वरले मानिसलाई दण्ड दिनु भएन।
5 मेरो प्राणले धैर्यतापूर्वक मेरो सुरक्षाको निम्ति परमेश्वरलाई पर्खन्छ।
परमेश्वर मात्र मेरो आशा हुनुहुन्छ।
6 परमेश्वर मेरो किल्ला हुनुहुन्छ, उहाँले मात्र मेरो उद्धार गर्न सक्नुहुन्छ।
परमेश्वर मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।
7 मेरो गौरव र विजय परमेश्वरबाट आउँछ।
उहाँ मेरो बलियो किल्ला र मेरो शरणस्थान हुनुहुन्छ।
8 हे मानिसहरू! परमेश्वरमाथि सधैँ भरोसा राख।
तिमीहरूको सम्पूर्ण सङ्कटहरू परमेश्वरलाई बताऊ।
परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।
9 मानिसहरूले वास्तवमा सहयोग गर्न सक्तैनन्।
तिमीले आफ्नो बचाऊको निम्ति मानिसहरूमाथि भरोसा राख्न सक्तैनौ।
परमेश्वरको तुलनामा तिनीहरू केही पनि होइनन्
फगत तिनीहरू पानीको वाफ हुन्।
10 सामानहरूलाई खोस्नलाई आफ्नो शक्तिमाथि भरोसा नगर।
चोरेर तिमीहरूले फाइदा पाउनेछै भनेर नसोच।
अनि जब तिमी धनाढ्य हुनेछौ,
सहयोगको लागि धनीहरूमाथि आशा नगर।
11 परमेश्वर भन्नुहुन्छ, “एउटै चीज छ जसमाथि तिमीहरू निश्चय आधार लिन सक्छौ,
अनि म विश्वास गर्छु, ‘शाक्ति परमेश्वरबाट आउँदछ!’”
12 हे मेरो स्वामी, तपाईंको प्रेम साँच्चो छ।
परमप्रभु, हरेक मानिसको काम अनुसार तपाईं उसलाई प्रतिफल अथवा दण्ड दिनुहुन्छ।
29 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस। 30 जो दुःखीत छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो हर्षित छन् तिनीहरू हर्ष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसुन्। 31 जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।
गालीलमा येशूको कामको आरम्भ
(मत्ती 4:12-17; लूका 4:14-15)
14 त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। 15 येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।”
येशूले केही चेलाहरू छान्नु हुन्छ
(मत्ती 4:18-22; लूका 5:1-11)
16 गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। 17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” 18 त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।
19 येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
20 तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।
© 2004, 2010 Bible League International