Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 89:1-4

एज्री एथानबाट “मस्किल” भन्ने भजन।

89 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
    र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
    तपाईंको विश्वास आकाश झैं व्यापक छ।

परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
    मैले मेरो दास दाऊदसँग कसम खाएँ।
‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
    म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”

भजनसंग्रह 89:19-26

19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छानें
    अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ,
    मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
20 मैले मेरो दास दाऊदलाई पाएँ,
    अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।
    अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
22 शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
    दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
    र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु।
24 म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
    म उनलाई सधैँ बलियो बनाउने छु।
25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
    उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
    तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।

2 शमूएल 6:12-19

12 पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए। 13 जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए। 14 परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।

15 दाऊद र सारा इस्राएलीहरू दंगदास थिए परमप्रभुको पवित्र सन्दूकलाई शहर भित्र्याउँदा तुरही बजाउँदै आनन्दको आवाज निकाले। 16 शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ।

17 दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।

18 होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए। 19 प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।

हिब्रू 1:5-14

परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन:

“तिमी मेरा पुत्र हौ,
    आज म तिम्रो पिता बनेको छु।”(A)

उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन,

“म तिनका पिता बन्नेछु
    र तिनी मेरा पुत्र बन्नेछन्।”(B)

अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई[a] यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ,

“परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।”(C)

स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ:

“परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास[b] जस्तो बनाउनुभयो,
    अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”(D)

तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो:

“हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ।
    न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ,
    त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई,
    तपाईंका साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”(E)

10 परमेश्वर अझै भन्नुहुन्छ,

“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो,
    अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।
11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ।
    अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्।
12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ।
    ती फेरि वस्त्र झैं बद्लिने छन्,
तर तपाईं कहिल्यै बद्लिनु हुने छैन।
    तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।”(F)

13 अनि परमेश्वरले यो कुरो स्वर्गदूतलाई कहिल्यै भन्नुभएनः

“तपाईं मेरो दाहिने हात पट्टि बस्नुहोस्,
    जबसम्म तपाईंको शत्रुहरूलाई तपाईंका पाउमा ल्याइँदैन।”(G)

14 सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International