Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 61:1-4

परमप्रभुको मुक्तिको समाचार

61 परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो। परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।

त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै बर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।

यशैया 61:8-11

यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउँछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु। सारा जातिको मेरा प्रत्येक मानिसले चिन्नेछन्। मेरा जातिका नानीहरूले प्रत्येक मानिस चिन्ने छन्। कुनै पनि मानिसले तिनीहरूलाई देख्यो भने पक्कै परमेश्वरको आशीर्वाद परेकोछ भनेर जान्नेछन्।

परमेश्वरको सेवकले मुक्ति ल्याउँछ

10 परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो।
    म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु।
परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो।
    ती पोषाकहरू अत्यन्तै सुन्दर छन्,
    जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्।
परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो
    त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
11 पृथ्वीले नै बिरूवा उर्माछ।
    मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्,
    अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ।
त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ।
    परमप्रभुले प्रत्येक जातिबाट महिमा लिनुहुन्छ।

भजनसंग्रह 126

मन्दिरमा गइरहेको बेलाको भजन।

126 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
    त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
    अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
    “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
हो, हामी अत्यन्त खुशी हुनेछौं
    यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
    जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
    तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
    तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

लूका 1:46-55

मरियमद्वार परमेश्वरको प्रशंसा

46 त्यसपछि मरियमले भनिन्,

47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ,
    अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो।
    अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ।
    उहाँको नाउँ पवित्र होस्।
50 जसले परमेश्वरलाई उपासना गर्छ,
    उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ।
    उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ,
    अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ,
    तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ।
    उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न,
    हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

1 थिस्सलोनिकी 5:16-24

16 सधैँ प्रसन्न बस। 17 प्रार्थना गर्न कहिल्यै नछोड। 18 सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।

19 पवित्र आत्माको कहिल्यै वाधा नदेऊ। 20 भविष्यवाणीलाई महत्वहीन नठान। 21 हरेक कुरालाई जाँच र असल जति राख। 22 हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।

23 शान्तिको स्रोत परमेश्वर स्वयंले तिमीहरू उहाँमा हुनेहरूलाई पवित्र पारून भन्ने हाम्रो प्रार्थना छ। हाम्रो प्रार्थना छ कि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्ट आँउदा पूर्णरूपले दोषरहित बनाइ राख। 24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ।

यूहन्ना 1:6-8

परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।

यूहन्ना 1:19-28

यूहन्नाले येशू को विषयमा बताउनु हुन्छ

(मत्ती 3:1-12; मर्कूस 1:1-8; लूका 3:1-9,15-17)

19 यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए। 20 यूहन्नाले प्रत्युत्तर दिनलाई हिच्‌किचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”

21 यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमी एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।”

यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?”

यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”

22 तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”

23 यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने:

“मरूभूमिमा चिच्याई हिँड्ने मानिसको म आवाज हुँ:
    ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।’”(A)

24 ती यहूदीहरूलाई फरिसीरूले पठाएका थिए। 25 तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”

26 यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसँगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ। 27 ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुत्ताको फित्ता खोल्ने योग्य सम्म छैन।”

28 यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International