Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 126

मन्दिरमा गइरहेको बेलाको भजन।

126 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
    त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
    अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
    “परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
हो, हामी अत्यन्त खुशी हुनेछौं
    यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
    जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
    तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
    तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

हबकूक 2:1-5

“म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु।
    परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु।
म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि,
उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”

हबकूकलाई परमेश्वरको जवाफ

परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसँग लेख कारण अरू मानिसहरूले पनि हेरेर पढ्न सकुन्। यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसँग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन। यो समचारले ती मानिसहरूलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरूले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरूलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”

परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैँ धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैँ हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरूलाई कैदी जस्तै लगिरहनेछ।

फिलिप्पी 3:7-11

एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो 10 म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। 11 अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International