Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
27 हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
यसैले म कोसैसँग डराउने छैन।
2 दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
3 तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।
4 परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
“जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”
5 परमप्रभुले मलाई बचाउँनु हुन्छ।
जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
6 मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
7 हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
मलाई जवाफ दिनुहोस्।
मलाई कृपादान गर्नुहोस्।
8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
म तपाईं समक्ष बोल्न आएँ।
9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
मलाई साथ दिनुहोस्।
मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
10 मेरो माता-पिताले मलाई छोडी गए।
तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।
यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्।
परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
14 परमप्रभुको सहयोगलाई पर्ख,
बलियो र साहसी होऊ,
अनि परमप्रभुको सहयोग पर्ख।
7 असल मानिसहरूको लागि जिउने बाटो ईमानदारीता हो।
भद्र मानिसहरूले यस्तो बाटो पहिल्याउँछन् जुन सीधा र साँच्चो हुन्छ
अनि तपाईंले बाटो सजिलो पार्नु भयो,
जसले गर्दा तिनीहरू आरामसित हिँड्न सकुन्।
8 तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं।
हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।
9 मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ।
अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनको प्रात कालमा तपाईंसँग रहन चाहन्छ।
जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ,
मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
10 यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने
दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्।
उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्।
त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।
11 तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ,
तर तिनीहरू यसलाई देख्दैनन्।
तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्।
निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्।
निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
12 परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ,
किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।
परमेश्वरले आफ्ना प्रजाहरूलाई नयाँ जीवन दिनुभयो
13 हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ।
तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं।
हामी अन्य मालिकहरूका अधीनमा भयौं।
तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गर्छौ।
14 ती मृत देवताहरू जीवत हुनेछैनन्।
ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्।
तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ।
जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
15 तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो।
तपाईंले उसको साँध बढाउनु भयो।
हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ।
37 जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”
38 पत्रुसले तिनीहरूलाई भने, “तिमीहरूका हृदयहरू अनि जीवनहरू परिवर्तन गर, तब तिमीहरू प्रत्येक येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ। तब परमेश्वरले तिमीहरूका पापहरूलाई क्षमा गरिदिनु हुनेछ र तिमीहरूले पवित्र-आत्माको उपहार पाउनेछौ। 39 यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।”
40 पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” 41 तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए।
विश्वासीहरूको बांढाई
42 ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।
© 2004, 2010 Bible League International