Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यशैया 40:1-11

इस्राएलको दण्ड समाप्त हुनेछ

40 तिमीहरूका परमेश्वरले भन्नुहुन्छ,
    “मेरा मानिसहरूलाई सान्त्वना देऊ, सान्त्वना देऊ।
नम्र भएर यरूशलेमलाई भन,
    ‘तिमीहरूको सेवाको अवधि सकिएको छ।
    तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।’
परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि
    दुइपल्ट दण्ड दिनु भएकोछ।”

सुन, कोही मानिस चिच्याइरहेको छ!
“मरुभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर।
    मरुभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत
    र पहाडलाई मैदान बनाऊ।
बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ।
    खस्रो मैदानलाई चिल्लो बनाऊ।
तब, परमप्रभुको महिमा प्रकट गरिनेछ।
    अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्।
हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”

एउटा आवाजले भन्यो, “बोल।”
    यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?”
त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्।
    तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।
परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ
    अनि घाँस मर्नेछ र फुल झर्नेछ।
    हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ।
    तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”

मुक्ति परमेश्वरको सुसमाचार

सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्।
    तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार प्रचार गर।
हे यरूशलेम! भन्नलाई तिमीसँग सुसमाचार छन्।
    नडराऊ, कराएर बोल।
यी समाचार यहूदाका सारा शहरहरूमा भन
    “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
10 परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ।
    उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल प्रयोग गर्नुहुनेछ।
परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि,
    पुरस्कार ल्याउनु हुनेछ।
11 असल गोठालेले झैं परमप्रभुले आफ्ना मानिसहरूको हेरचाहा गर्नुहुन्छ।
    साना पाठो आफ्नो पाखुरामा च्यापे झैं उहाँले आफ्ना भेंडा़हरू एकत्रित पार्नुहुनेछ।
    तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।

भजनसंग्रह 85:1-2

प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको स्तुतिगान।

85 हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्।
    याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।
हे परमप्रभु, आफ्ना मानिसहरूलाई,
    क्षमा गर्नुहोस् तिनीहरूका पापहरू मेटाई दिनुहोस्!

भजनसंग्रह 85:8-13

उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ।
    परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू,
अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ।
    यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने,
उनीहरूले शान्ति पाउने छन्।
परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ।
    हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।
10 परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्।
    धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।
11 पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्।
    अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
12 परमेश्वरले हामीहरूलाई धेरै उत्तम थोकहरू दिनु हुनेछ,
    अनि जमीनले धेरै अन्न उब्जाउँनेछ।
13 धार्मिकताचाँहि परमेश्वरको अघि जान्छ,
    र उहाँको निम्ति एउटा मार्ग तयार गर्छ।

2 पत्रुस 3:8-15

यो एउटा कुरा नबिर्ष, प्रिय मित्रहरू प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै अनि हजार वर्ष एकदिन जस्तै हो। जस्तो अरू मानिसहरूले सुस्त बुझेका छन्, प्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न सुस्त हुनु हुँदैन। तर परमेश्वर, तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। कुनै पनि मानिस नष्टहोस् भनी परमेश्वर चाहनु हुन्न। परमेश्वर इच्छा गर्नु हुन्छ कि हरेक मानिसले आफ्नो हृदय परिवर्तन गर्नु पर्छ अनि पाप गर्न बन्द गर्नु पर्छ।

10 तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरू आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरू आगोले जलाउनेछ। 11 यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। 12 तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्। 13 तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।

14 प्रिय मित्रहरू, हामी यस्तो घट्ना घट्ने प्रतीक्षा गरिरहेका छौं। यसर्थ पापरहित अनि दोषरहित रहनु तिमीहरू प्रगाढ प्रयत्न गर। परमेश्वरसित शान्तिमा रहने प्रयास गर। 15 स्मरण राख कि हामीहरू बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरू पावलले तिमीहरूलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरूलाई लेख्नु भयो।

मर्कूस 1:1-8

येशूको आगमन

(मत्ती 3:1-12; लूका 3:1-9,15-17; यूहन्ना 1:19-28)

येशू ख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाले भनेका घट्नाबाटै आरम्भ हुन्छ। यशैयाले लेखेकाछन्:

“सुन! म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु,
    जसले तिम्रो बाटो तयार पार्नेछन्।”(A)

“उजाड-स्थानमा कोही कराइहेकोछः
‘परमप्रभुको बाटो तयार पार,
    उहाँका गोरेटोहरू सोझो बनाओ।’”(B)

बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा[a] दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्। यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।

यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।

त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International