Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 7

परमप्रभुको लागि गाइने दाऊदको यो भजन कूशका छोरा शाऊलको विषयमा हो जो बिन्यामीन परिवारका हुन्।

हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु।
    ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु।
    मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!

हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ।
    म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्।
    म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्।
    मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्।
    मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलो-मूलोमा फालिदिउन्।

हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्।
    मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्।
    हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्।
    परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्।
    मेरो न्याय गर्नुहोस्।
    म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्,
    अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्।
हे परमप्रभु, तपाईंले
    मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

10 परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ।
    यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
11 परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ,
    उहाँ सधैँ अधर्मको विरूद्ध बोल्नु हुन्छ।
12-13 यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
    यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने,
परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ।
    परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ
    अनि काँड हान्न तयार हुनुहुन्छ।

14 दुष्ट मानिसहरूले दिएको कष्ट
    र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ।
    यस विषायमा तपाईंले केही गर्नुहोस्।
15 ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्।
    दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
16 तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्,
    जो अरूको लागि कपटी छन्।
    तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।

17 म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ।
सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

एस्तर 2:1-18

एस्तरलाई रानी बनाईयो

यी घटनाहरू पछि राजा अहासूरसको क्रोध शान्त भयो। तिनले वश्तीलाई सम्झे अनि तिनले के गरिन्, तिनको सम्बन्धमा राजाले के आदेश दिए त्यो सम्झे। उनका सेवकहरू जसले उनको सेवा गर्थे भने, “राजाका निम्ति राम्री केटीहरू खोज अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरून्। अनि तिनीहरूले सबै राम्री तरूणीहरू भेला पारून् र शूशन जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृगांर सेवा दिनेछ। अनि यी जवान स्त्रीहरू मध्ये जसलाई राजाले मनपराउने छन् उनले वश्ती को स्थानमा शासन गर्ने छिन्।” यो विचार राजालाई असल लाग्यो अनि त्यसै गरे।

शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरू सहितका एक जनाका सन्तान थिए। यो बाबेल का राज नबूकदनेस्सरद्वारा गरिएको देश निकाला थियो। मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।

जब राजाको सन्देश अनि उर्दी सुनियो तब अनेक जवान स्त्रीहरूलाई राजधानी शूशनमा, हेगेकोमा भेला गरिँदै थियो, एस्तरलाई पनि राजमहलमा लगियो अनि अन्तपुरको रखवाला हेगेको निगरानिमा राखियो। अनि हेगेले त्यो केटी एस्तरलाई मन परायो अनि उसले उसको कृपा प्राप्त गरी। यसकारण उसले एस्तरलाई तत्कालै श्रृगांर सेवा तथा राजमहलबाट भोजन र सात जना नोकर्नीहरू व्यवस्था गर्यो तब उसको नोकर्नीहरू र उसलाई हेगेले सब भन्दा राम्रो नारी-गृहमा सार्यो। 10 एस्तरले आफ्ना मानिसहरू वा आफ्ना पुर्खाहरू को बारेमा केही बोलिनन् किन भने यस विषयमा बोल्न मोर्दकैले तिनलाई निषेध गरेका थिए। 11 प्रत्येक दिन मोर्दकै अन्तपुरको आँगनको अगाडी, पछाडी हिँडिरहन्थे जसमा कि एस्तर को बारेमा तिनलाई के भईरहेछ, त्यो उसले थाहा पाउन सक्नेछन्।

12 प्रत्येक कन्याहरू राजा अहासूरसको अघि जाने समय आउँछ, स्त्रीहरू बाह्र महीना सम्म सिङ्गार पट्टार मा रहनु पर्थ्यो स्त्रीहरूले छ महीना सुगन्धित तेल लाउँथे अनि छ महीना अत्तर अन्य सौन्दर्यका सामग्रीले सिङ्गारिन्थे। 13 त्यसपछि मात्र जवान स्त्रीहरू राजाकहाँ जान सक्थे। माँग गरिएका हरेक कुरा राजमहलको अन्तपुरबाट उनीहरूलाई लिन दिइनथ्यो। 14 साँझमा तिनी राजा कहाँ जानु पर्छ अनि विहान अर्को स्त्रीहरूको निवासस्थान शाश्गजको जिम्मामा नपुंशक राजाका दासीहरूको रक्षक कहाँ फर्केर जान्थे। जब सम्म राजाले तिनीलाई आउनु भनेर नाउँद्वारा बोलाउँदैन थिए। तिनी फेरि पनि राजा कहाँ जानु पर्दैन थियो।

15 एस्तर अबीहेलको छोरी थिइन्, तिनी तिनका काका मोर्दकैकी धर्मपुत्री थिइन्। जब एस्तरको राजा कहाँ जाने पालो आयो। तिनले राजाका नपुंसक, स्त्रीहरूका अभिभावक हेगेले तिनलाई गुर्न भनेका सल्लाह बाहेक अरू केही पनि गरिनन् देख्नेहरू सबैले एस्तरलाई खूबै मन पराउँथे। 16 यसर्थ राजा अहासूरसको शासनका सातौं बर्ष को दशौं महीना “तेबेत” महीनामा राजमहलमा राजाको सामु एस्तरलाई लगियो।

17 अनि अन्य सबै कन्याहरूलाई भन्दा राजाले तिनलाई मन पराए। यसर्थ राजाले राजमुकुट एस्तरको शिरमा लगाइदिए अनि तिनले वश्तीको स्थानमा एस्तरलाई रानीको रूपमा शासन गर्ने अधिकार दिए। 18 यसर्थ राजाले ठूलो भोजको आयोजना गरे आफ्ना सबै अधिकारीहरू अनि सेवकहरूको निम्ति भोज गरे। अनि तिनले सबै प्रान्तहरूमा त्यस दिनलाई विदाको दिन घोषण गरे अनि तिनले एक राजाले दिन सक्ने उपहारहरू सबै प्रान्तमा पठाई दिए।

2 तिमोथी 2:8-13

येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु। अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन। 10 यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ। 11 यो एक साँच्चो शिक्षा होः

यदि हामी उहाँसितै मर्यौं भने, तब हामी पनि उहाँसितै जिउँछौं।
12 यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं।
यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने, उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
13 यदि हामी विश्वासी नभए पनि, उहाँ अझ विश्वासी हुनुहुन्छ,
    किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International