Revised Common Lectionary (Complementary)
विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।
95 आऊ, परमप्रभुको गुण-गान गरौं।
चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो।
2 परमप्रभु प्रति धन्यवादको गीत गाऊ।
उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ।
3 किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ!
अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ।
4 गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्।
5 सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो,
परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो।
6 आऊ, निहुँरिएर, उहाँको उपसना गरौं।
जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
7 उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ
अनि हामी उहाँका सन्तानहरू हौं।
यदि हामीले उहाँको आवाज सुन्यौं भने,
आज हामी उहाँका भेंडाहरू हौं।
परमप्रभु, सत्य परमेश्वरले, इस्राएललाई साथ दिनुहुन्छ
21 “याकूब, यी कुराहरू याद राख।
इस्राएल, याद राख, तिमी मेरो सेवक हौ।
मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ,
यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्।
22 तिम्रो पापहरू ठूलो बादल जस्ता थिए
तर मैले ती पापहरू पखालिदिएँ।
तिम्रा पापहरू मेटिएर गए,
जसरी बादल पातलो हावामा हराउँदछ।
मैले तिमीलाई जोगाएँ,
अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”
23 आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो।
पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म।
पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्।
जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्।
किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो।
परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।
24 परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ।
परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाको गर्भभित्रै थियौ।
परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो।
म स्वयंले आकाश राखें।
मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”
25 झूटा अगमवक्ताहरूले झूटो बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन् भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ। 26 परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।
परमेश्वरले यहूदा पुन:निर्माण गर्नलाई कोरेस छान्नु हुन्छ
परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।”
परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।”
परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए,
“म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
27 परमप्रभुले गहिरा पानीलाई भन्नुहुन्छ, “सुख्खा भई जाओस्।
म तिम्रा मूल श्रोतहरू पनि सुकाइदिनेछु।”
28 परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला हौ,
तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु।
तिमीले यरूशलेमलाई भन्नेछौ, ‘तिमी पुनःनिर्माण हुनेछौ।’
तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुनःनिर्माण हुनेछ।’”
चेलाहरू नै येशूका परिवार
(मर्कूस 3:31-35; लूका 8:19-21)
46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”
49 आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
© 2004, 2010 Bible League International