Revised Common Lectionary (Complementary)
चौथो भाग
(भजनसंग्रह 90–106)
परमेश्वरको जन, मोशाको प्रार्थना।
90 हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।
2 परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं
अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं।
परमेश्वर, तपाईं सधैँ परमेश्वर रहनु भयो र सधैँ हुनुहुने नै छ।
3 तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ
अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ।
4 तपाईंको लागि हजारौं बर्षहरू पनि
हिजो बितेको रात जस्तै लाग्दछ।
5 हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ।
हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ।
हामी घाँस जस्तै छौ।
6 बिहान पख घाँस उम्रन्छ
अनि बेलुकी यो ओइलाएर मर्छ।
7 हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ।
तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
8 तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ।
हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।
9 तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ।
कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ।
10 हामी सत्तरी बर्षसम्म बाँच्न सक्छौं,
यदि अझ बलियो भए अस्सी बर्षसम्म बाँच्न सक्छौं।
हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ।
त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
11 हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन।
तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
6 त्यसपछि परमप्रभुको वचन फेरि मकहाँ आयो। 2 उहाँले भन्नुभयो, “हे मानिसको छोरो, इस्राएलको पर्वतहरूपट्टि फर्क। मेरो निम्ति तिनीहरूको विरूद्ध भन। 3 ती पर्वतहरूसित यसो भन, ‘हे इस्राएलको पर्वतहरू! परमप्रभु मेरो मालिकको तर्फबाट यो सन्देश सुन। परमप्रभु मेरा मालिक पहाडहरू, पर्वतहरू, बेंसीहरू अनि खोल्चाहरूसँग यसो भन्नुहुन्छ! ध्यान देऊ। म (परमेश्वर) शत्रुलाई तिम्रो विरूद्धमा लड्नका निम्ति ल्याउँदैछु। म तिम्रो उच्च स्थानहरू नष्ट गरिदिनेछु। 4 तिम्रो वेदीहरू भत्काएर टुक्रा-टुक्रा पारिदिनेछु। तिम्रो सुगन्धित धूप चढाउने वेदीहरू पनि भत्काइ दिनेछु। अनि म तिम्रो लाशहरू तिम्रो अपवित्र मूर्तिहरूको अगाडी फ्याँकिदिनेछु। 5 म इस्राएलका मानिसहरूको लाशहरू तिनीहरूको अपवित्र मूर्तिहरूको अघि फ्याँकिदिनेछु। म तिमीहरूको हड्डीहरू तिमीहरूको वेदीहरूको चारैतिर तितर बितर पारिदिनेछु। 6 जहाँ-जहाँ तिमीहरूका मानिसहरू बस्छन् त्यहाँ नराम्रा कुराहरू ल्याई दिनेछु। तिनीहरू शहरहरूमा खाली ढुङ्गाको थुप्रोमा परिणत हुनेछन्। तिनीहरूको उच्च स्थान नष्ट हुनेछ। किनकि ती पूजा स्थानहरूको प्रयोग फेरि हुन नसकोस्। ती सबै वेदीहरू नष्ट गरिनेछ। मानिसहरूले फेरि ती अपवित्र मूर्तिहरू पूज्ने छैनन्। त्यो सुगन्धि धूपको वेदीहरू स-साना टुक्रा पारिनेछ। तिमीहरूले जे बनायौ त्यो पूर्ण रूपमा नष्ट पारिनेछ। 7 तिम्रा मानिसहरू मर्नेछन् अनि तिमीले थाहा पाउनेछौ कि परमप्रभु म नै हुँ।’”
8 परमेश्वरले भन्नुभयो, “तर म तिमीहरूका कतिपय मानिसहरूलाई बाँच्न दिनेछु। ती केही समय सम्म विदेशमा बस्नेछन्। म तिनीहरूलाई तितर-बितर पार्नेछु अनि विदेशमा बस्नका निम्ति बाध्य पार्नेछु। 9 त्यसपछि ती बाँचेका मानिसहरूलाई बन्दी बनाइनेछ। तिनीहरूलाई विदेशमा बस्नको निम्ति बाध्य पारिनेछ। तर ती बाँचेका मानिसहरूले मलाई सम्झनेछन्। मैले तिनीहरूको आत्मालाई[a] खण्डित पारें। जुन पाप तिनीहरूले गरे त्यसको निम्ति तिनीहरू स्वंयले आफैंलाई धृणा गर्ने छन्। बितेको समयमा जो मबाट विमुख भएर टाढा गएका थिए, तिनीहरू आफ्नो नराम्रो मूर्तिहरूको पछि लागेका थिए। तिनीहरू त्यस प्रकारको स्त्रीहरू जस्तै थिए जो आफ्नो पतिलाई छोडेर अर्को पुरूषको पछि लाग्छे। तिनीहरूले भयंकर पाप गरेका थिए। 10 तर तिनीहरूले बुझ्नेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले यो पनि थाहा पाउनेछन् यदि मैले केही गर्छु भन्ने ठानें भने त्यो गर्छु। तिनीहरूले बुझ्नेछन् यो सबै आपतहरू तिनीहरूमाथि आइलाग्यो ती सबै मैले गराएको हुँ।”
11 तब परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “ताली बजाऊ र खुट्टा ठटाएर भन, हाय! इस्राएलका मानिसहरूले गरेका सबै डरलाग्दा कुरा भन। तिनीहरूलाई चेतावनी देऊ कि तिनीहरू रोग अनि भोकले मर्नेछन्। तिनीहरूलाई भन कि तिमीहरू युद्धमा मारिन छौ। 12 टाढाका मानिसहरू रोगबाट मर्नेछन्। छेउका मानिसहरू तरवार द्वारा मारिनेछन्। शहरमा छाडिएका मानिसहरू भोकले मर्नेछन्। त्यसपछि म क्रोधित हुनछाड्नेछु। 13 अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ। तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ। 14 तर म आफ्नो हात तिमीहरूमाथि उठाउँनेछु अनि तिमी र तिम्रा मानिसहरू जहाँ बस्छन म दण्ड दिनेछु। म तिम्रो देश नष्ट पारिदिने छु! यो दिब्ला मरुभूमि भन्दा पनि सुनसान हुनेछ। त्यस पछि तिनीहरूले जान्ने छन् म नै परमप्रभु हुँ।”
परमेश्वरको क्रोध भरिएका कचौराहरू
16 तब मैले मंदिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरू पृथ्वीमा खन्याइदेऊ।”
2 पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरूले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरूलाई अति दु:खदायक औ घिनलाग्दो घाउहरू भयो।
3 दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।
4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरू अनि पानीको मुहानमा खन्यायो। नदीहरू अनि पानीको मुहानहरू रगतमा परिणत भयो। 5 तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें:
“तपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो।
तपाईं नै एक पवित्र हुनुहुन्छ।
तपाईं न्यायहरू गर्नुमा सही हुनुहुन्छ,
6 तिनीहरूले तपाईंका पवित्र मानिसहरू अनि तपाईंका अगमवक्ताहरूको रगत बगाइदिए।
अहिले तिनीहरूलाई तपाईंले त्यो रगत पिउन दिनु भएको छ।
तिनीहरू त्यसको योग्य छन्।”
7 अनि मैले वेदीले यसो भन्दै गरेको सुनें,
“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान्
तपाईंको न्याय सत्य अनि उचित छ।”
© 2004, 2010 Bible League International