Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 63

दाऊदको एउटा भजन, जब तिनी यहूदाको मरुभूमिमा थिए।

63 हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
    अनि म तपाईंलाई अत्यन्तै परिश्रमकासाथ खोज्दछु।
मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि
    तपाईंकै निम्ति तिर्खाउँछ।
हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु।
    मैले तपाईंको शक्ति र महिमा देखेको छु।
तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ।
    मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा,
    म मेरो दुइ हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु।
    अनि मेरो प्रफुल्लित ओंठले तपाईंकै गुण गाउँनेछ।
म ओछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु।
    मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो।
    म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो।
मेरो प्राण तपाईंमा अल्झिन्छ,
    अनि तपाईं मेरो हात समाउनु हुन्छ।

कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन्,
तर तिनीहरू नाश हुने नै छन्।
    तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
10 तिनीहरू तरवारले मारिनेन्छन्।
    जङ्गली कुकुरहरूले तिनीहरूका मृत शरीरहरू खानेछन्।
11 तर राजा आफ्ना परमेश्वरसँग खुशी हुनेछन्,
अनि वचन दिएका ती मानिसहरू पनि परमेश्वरकै आज्ञामा गुण-गान गर्नेछन्।
    किनभने उहाँले ती सम्पूर्ण झूटाहरूलाई परास्त पार्नुभयो।

योएल 1:1-14

सलहहरूले देशलाई उजाड पारे

पतुएलको छोरा योएलले परमप्रभुको यो वचन प्राप्त गर्यो:

हे अगुवाहरू हो, यो वचन सुन!
    हे यो देशका सबै बासिन्दाहरू हो!
तिमीहरू मेरो कुरामा ध्यानदेऊ।
    के तिमीहरूको जीवनकालमा पहिला कहिल्यै,
यस्तो भएको थियो? अँहँ थिएन!
    के तिमिहरूका पिता-पुर्खाहरूको समयमा कहिल्यै,
    यस्तो घटना घटेको थियो? अँहँ थिएन!
तिमीहरूका छोरा-छोरीहरूलाईयो कुरा बताऊ,
    अनी तिम्रो छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताउँने छन्।
    तिमीहरूको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्।
जे कुरो काट्ने सलहहरूले छोडेका थिए,
    सबै बगाले सलहहरूले खाए।
अनि जेकुरा बगाले सलहहरूले छोडेका थिए,
    ती सबै उफ्रने सलहहरूले खाए।
जे उफ्रने सलहहरूले छोडेका थिए,
    ती सबै विनासकारी झुसुले सलहहरूले खाए।

सलहहरू आइपुग्न थाले

हे मतवालाहरू! जाग अनि रोऊ!
    तिमीहरू सबै दाखरस पिउनेहरू हो!
जोडसित रोऊ किनभने तिमीहरूको मिठो दाखरस अब छैन।
    अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ।
एउटा ठूलो अनी शक्तीशाली जातिले
    मेरो देशलाई आक्रमण गरेका छन्।[a]
तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्।
    तिनहरूका दाह्राहरू सिंहीनीका जस्तै छन्।

ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए।
    दाखको बारी ओइलायो त्यसपछि मर्यौ।
ती मनिसहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए।
    बोटको बोक्रा समेत उप्काई नाङ्गो पारेर फालिदिए।

मानिसहरू रून्छन्

कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ।
    जसले लोग्नेको निम्ति भाङ्‌ग्रा लगाएकीछे,
    जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।
पूजाहारीहरू परमप्रभुका सेवकहरू रोऊ।
    किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ।
10 खेत उजाड पारीएकोछ।
    यहाँ सम्म कि खेत पनि रुँदैछ।
    किनभने अन्नहरू सबै नष्ट भयो
नयाँ दाखरस सुख्खा भयो
    अनि भद्राक्षेको तेल पनि समाप्त भयो।
11 हे किसानहरू! निरास हौ।
    हे दाखवरीका किसानहरू अच्काली विलाप गर!
गहुँ र जौंको निम्ति विलाप गर
    किनकि खेतको फसलहरू नष्ट भएकोछ।
12 दाखको बोट सुकाइयो
    अनि नेभाराको बोट ओइलाएकोछ।
अनार, खजुर अनि स्याउका बोटहरू सुकाइयो।
    बारिका सबै रुखहरू सुकेका छन्।
    मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ।
13 हे पूजाहरीहरू! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर।
    हे वेदीका सेवकहरू हो! विलाप गर।
हे मेरा परमेशवरका सेवकहरू! तिमीहरू भाङ्ग्रा लाएर सुत।
    किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।

सलहहरूद्वारा डरलाग्दो विनाश

14 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरूलाई बोलाऊ। सभामा अगुवाहरू र यो देशका सबै बासिन्दाहरूलाई भेला गराऊ। उनीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

1 थिस्सलोनिकी 3:6-13

तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैँ सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ। यसकारण, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुक्कछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं। तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।

तिमीहरूको कारणले परमेश्वरको अघि हामी हर्षित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ। 10 हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेट्न जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।

11 हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ। 12 हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर। 13 तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International