Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: मानिसहरूलाई सम्झना गराउन, दाऊदको भजन।
70 हे परमेश्वर, मलाई बचाउनु होस्!
हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्।
2 मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्।
तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्।
तिनीहरूलइ अपमानित पार्नुहोस्।
मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्।
तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ।
3 मानिसहरूले मलाई हाँसोको पात्र बनाए।
ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।
4 ज-जसले तपाईंको उपासना गर्छन,
तिनीहरू खुबै खुशी होऊन्।
जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन्
सधैँ तपाईंको प्रशंसा गरून्।
5 हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ।
हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्!
हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ!
अझ विलम्ब नगर्नुहोस्!
इस्राएललाई चेतावनी
3 हे इस्राएलीहरूहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरूको विरुद्ध भन्नु भएकोछ। 2 “विभिन्न धेरै परिवारका मानिसहरूले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरूलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरू मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरूका सबै पापहरूका निम्ति तिमीहरूलाई दण्ड दिनेछु।”
इस्राएलले सजाए पाउने कारणहरू
3 दुइ जनाको आपसमा सहमत् नभए सम्म
सँग-सँगै हिँड्न सक्तैनन्।
4 के बुढो सिंह जङ्गलमा
आफ्नो शिकार पाउनअघि गर्जन्छ?
के जवान सिंह शिकार नसमातिकन
गुफा भित्र गर्जन्छ?
5 जबसम्म तिमीले जालमा चारो हाल्दैनौ
चरा पक्रनु सक्दैनौ।
अनि जब जाल माथिउठ्छ
यसले चराहरू पक्रनेछ।
6 के युद्धको तुरहीको ध्वनी सुनेर
मानिसहरू डराउँदैनन्?
अनि यदि शहरमा कष्टहरू आउँछ भने
त्यो परमप्रभुद्वारा पठाइएको हो।
7 मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सक्नु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ। 8 यदि कुनै सिंह गर्जियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोक्न सक्छ?
9-10 अश्दोद र मिश्रका किल्लाहरूमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरूमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किनभने त्यहाँ अपराध गरिएको छ। तिनीहरू एक-अर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरूले तिनीहरूको किल्लामा डकैती र लुटेका मालहरू थुपार्छन्।”
11 यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरूको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरूको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।”
12 परमप्रभु भन्नु हुन्छ,
“जसरी गोठालोले सिंहको मुखबाटथुमा बचाउँदा,
उसको दुइ खुट्टा र एउटा कान मात्र बचाउन सक्ला,
त्यसरी नै विलासीपूर्ण सोफामा
र रेशमी ओछ्यानहरूमा सुत्ने
सामरियामा बस्ने इस्राएली मानिसहरू मध्ये
कोहि मात्र सुरक्षित रहने छन्।”
छैठौं तुरही बज्यो
13 छैटौं स्वर्गदूतले उसको तुरही बजायो। तब परमेश्वरको समक्ष सुनौलो बेदीमा भएको सींङबाट आएको स्वर मैले सुनें। 14 त्यो आवाजले छैटौ स्वर्गदूत, जोसित तुरही थियो त्यसलाई भन्यो, “ती चार स्वर्गदूतहरूलाई मुक्त गर जो महानदी यूफ्रेटिसमा बाँधिएका छन्।” 15 यी चार स्वर्गदूतहरूलाई यस घडी, दिन, महीना अनि वर्षको निम्ति तयार राखिएका थिए। यी स्वर्गदूतहरूलाई पृथ्वीमा भएका एक तिहाइ सबै मानिसहरूलाई मार्न भनी मुक्त गरिए। 16 मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए।
17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवाहरूलाई देखेँ। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो। 18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए। 19 ती घोडाहरूका शक्ति तिनीहरूको मुख अनि पुच्छरमा थियो। तिनीहरूको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरूले मानिसहरूलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।
20 पृथ्वीका अन्य मानिसहरू बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरूले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरूले आफ्नै हातले निर्माण गरेका कुराहरूबाट तिनीहरूले मुख फर्काएनन्। तिनीहरूले दानवहरू अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँड्न सक्तैनन्, पूजा गर्न छाडेनन्। 21 यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।
© 2004, 2010 Bible League International