Revised Common Lectionary (Complementary)
झूटो अगमवक्ताहरू
5 परमप्रभु झूटा अगमवक्ताहरूको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरूलाई पाप गर्न लगाए।
“यदि मानिसहरूले यी झूटो अगमवक्ताहरूलाई
खान दिए भने तिमीहरूलाई ‘शान्ति होस्’ भन्दछन्,
यदि ती मानिसहरूले खान दिएनन् भने तिनीहरूको विरूद्ध सेनाहरू भड्काउँछन्।
6 “यसकारण यो तिम्रो निम्ति रात झैं हुनेछ,
तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ।
भविष्यको गर्वमा जे लुकेको छ,
तिमीले बताउन सक्दैनौ।
यसकारण तिमीहरूलाई अँध्यरो जस्तै लाग्नेछ।
अगमवक्ताहरूमाथि सूर्य अस्ताउनेछ।
अनि उनिहरूलाई दिन पनि रात जस्तै हुनेछ।
7 दर्शन देख्नेलाई लज्जित पारिनेछ।
एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ।
तिनीहरूले तिनीहरूको आफ्नो अनुहार छोप्छन्।
किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेंछैन।”
मीका परमेश्वरका साँच्चो अगमवक्ता हुन्।
8 तर परमप्रभुको आत्माले मलाई
शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ।
म याकूबलाई उसको अपराध बताउँनेछु।
हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।
इस्राएलका अगुवाहरू दोषी छन्।
9 हे याकूबका अगुवाहरू, इस्राएलका शासकहरू,
तिमीहरू मेरो कुरा सुन।
तिमीहरू न्यायलाई घृणा गर्दछौ।
यदि कुनै वस्तु बाटोमा छ भने,
तिमीहरूले त्यसलाई बाङ्गो पारिदिन्छौ।
10 तिमीहरूले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ।
तिमीहरूले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।
11 यरूशलेमका न्यायधीशहरूले
घुस लिएर न्याय गर्छन्।
यरूशलेमका पूजहारीहरूले
ज्यानलिएर ब्यावस्था सिकाउँछन्।
मानिसहरूले अगमवक्ताहरूलाई पैसा दिनुपर्दथ्यो,
अनि मात्र उनीहरूले कुनै दण्ड पाउँदैनथिए।
उनीहरूले सोच्थे, परमप्रभुले उनीहरूलाई बँचाउँछन्
अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ,
यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”
12 हे अगुवाहरू! तिमीहरूको कारणले सियनको विनाश भयो।
यसैकारण यो खेत झैं जोतिनेछ।
यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ,
अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
43 हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ।
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
मलाई त्यो मानिसबाट बचाउनु होस्।
2 हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,
किन तपाईंले मलाई त्यग्नु भयो?
किन तपाईंले मलाई देखाउनु भएन
कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
3 हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
4 म परमेश्वरको वेदीमा जानेछु।
हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।
5 किन म यति साह्रो तल झरें?
किन म यत्ति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु,
उहाँले मलाई बचाउनु हुन्छ।
9 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।
10 जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्र, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ। 11 जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गर्यौं जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन्। 12 हामीले तिमीहरूलाई उत्साह दियौं, ढाडस दियौं र परमेश्वरको लागि पवित्र जीवन बाँच्ने आग्रह गर्यौं। परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य र महिमामा बोलाउँनु हुन्छ।
13 तिमीहरूले हामीबाट परमेश्वरकै वचन झैं ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिंदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाए झैं ग्रहण गर्यौ अनि मानिसहरूबाट आए झैं होइन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौं।
येशूद्वारा धार्मिक गुरूहरूको आलोचना
(मर्कूस 12:38-40; लूका 11:37-52; 20:45-47)
23 तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, 2 “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। 3 यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्। 4 मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पादर्छन्। तर तिनीहरू आफैं चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्।
5 “तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्। 6 ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्। 7 बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।
8 “तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाइहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ। 9 अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ। 10 अनि तिमीहरूले ‘मालिक’ भन्नु हुँदैन। तिमीहरूको एकमात्र मालिक हुनुहुन्छ, ख्रीष्ट। 11 तिमीहरूमाझ जो सबै भन्दा महान छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। 12 जसले आफूलाई ठूलो देखाउँछ उसले आफूलाई नम्र तुल्याउनु पर्छ।
© 2004, 2010 Bible League International