Revised Common Lectionary (Complementary)
43 हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन।
त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ।
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु।
मलाई त्यो मानिसबाट बचाउनु होस्।
2 हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ,
किन तपाईंले मलाई त्यग्नु भयो?
किन तपाईंले मलाई देखाउनु भएन
कि कसरी म मेरो शत्रुदेखि भाग्नु।
3 हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्।
तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।
4 म परमेश्वरको वेदीमा जानेछु।
हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ।
हे परमेश्वर, हे मेरो परमेश्वर,
म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु।
5 किन म यति साह्रो तल झरें?
किन म यत्ति साह्रो विचलित छु?
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ,
म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु,
उहाँले मलाई बचाउनु हुन्छ।
मानिसहरूले परमेश्वरलाई सम्मान गर्दैनन्
6 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ, यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौ? म तिमीहरूको मालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।
“तर तिमीहरू भन्छौ, ‘हामीहरूले के गर्यौं? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौं।’”
7 परमप्रभु भन्नुहुन्छ, “‘तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।’
“तर तिमीहरू भन्छौ, ‘त्यो रोटी कसरी अशुद्ध भयो?’”
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ। 8 तिमीहरूले बलिको निम्ति अन्धा पशुहरू ल्याउँछौ त्यसो गर्नु गल्ती हो। तिमीहरूले बलिको लागी बीरामी अनि लङ्गडा पशुहरू लिएर आउँछौ, यो गल्ती हो। तिमीहरूले आफ्ना शासकलाई ती रोगी पशुहरू भेटी चढाउँने चेष्टा गर्छौ। के तिनीहरू तिमीहरूसित खुशी हुन्छन्? के तिनीहरूले तिमीहरूलाई दया देखाउँछन्?” सर्वशक्तिमान परमप्रभुले यी सबै भन्नुभयो।
9 “पूजाहारीहरू, तिमीहरूले परमप्रभुसँग हाम्रो असल हुनको निम्ति बिन्ती गर्नुपर्छ। तर उहाँले तिम्रो बिन्ती सुन्नुहुने छैन अनि यी सबै दोष तिम्रो हुनेछ।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
10 “साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकार गर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
11 “सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूप बाल्छन्। किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।
12 “तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ, परमप्रभुको टेवल पवित्र छैन। 13 अनि तिमीहरू त्यो टेवलबाट भोजन लिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ ‘यो राम्रो छैन। तर यो साँच्चो हैन।’ तब तिमीहरूले रोगी, खोरण्डा अनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ। 14 कति मानिसहरूसित तिम्रो पशुहरू छन्, जुन उनीहरूले बलिदान स्वरूप चढाउँन सक्छन् तर उनीहरूले ती राम्रा पशुहरू मलाई चढाउँदैनन्। केही मानिसहरूले राम्रो पशुहरू मकहाँ ल्याउँछन्। तिनीहरूले स्वास्थ पशुहरू ल्याउँने प्रतिज्ञा गर्छन् तर गुप्तरूपमा त्यो राम्रो स्वास्थ पशुलाई रोगी पशुहरूसँग साटेर मलाई रोगी पशुहरू चढाउँछन्। तिनीहरूमाथि आपद् आईलाग्नेछ। किनभने म महान राजा हुँ। तिमीहरूले मलाई सम्मान गर्नु पर्ने हो। सारा पृथ्वीका मानिसहरूले मेरो सम्मान गर्छन्।” सर्वशक्तिमान परमप्रभुले ती सबै कुराहरू भन्नुभयो।
पूजाहारीहरूका निम्ति विधिहरू
2 “हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर। 2 यदि तिमीहरूले सुन्दैनौ र मेरो नाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशीर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौ भनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
3 “हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएरआउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ। 4 तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाई किन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।
5 परमप्रभुले भन्नुभयो, “मैले यो करार लेवीहरूसँग गरें। मैले उनीहरूलाई शान्तिपूर्ण जीवन दिने प्रतिज्ञा गरें, अनि मैले दिएँ। लेवीबरूले मेरो सम्मान गरे। तिनीहरूले मेरो नाउँको सम्मान गरे। 6 लेवीहरूले साँच्चो शिक्षा दिए। लेवीहरूले झूटो उपदेशहरू दिएनन्। लेवीहरू ईमान्दार र शान्ति प्रिय मानिस थिए। लेवीहरूले मेरो अनुशरण गरे अनि धेरै मानिसहरूलाई अपराध गर्नबाट बँचाए। 7 पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनि परमप्रभुको शिक्षा सिक्नु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”
8 परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसँग गरेको करार भङ्ग गर्यौ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। 9 “तिमीहरू मैले भनेको जस्तो भएनौ! तिमीहरूले हाम्रो शिक्षा स्वीकार गरेनौ। यसकारण म तिमीहरूलाई महत्वहिन बनाउँछु। मानिसहरूले तिमीलाई आदर गर्ने छैनन्।”
13 “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। 14 [a]
15 “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।
16 “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ 17 तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?
18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ 19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? 20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। 21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। 22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ।
23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। 24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।
25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। 26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।
27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। 28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।
© 2004, 2010 Bible League International