Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 98

एउटा प्रशंसाको गीत।

98 परमप्रभु प्रति नयाँ गीत गाऊ
    किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
    उहाँलाई फेरि विजय तुल्यायो।
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
    परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
    सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
    प्रशंसाको गीत गाउन प्रारम्भ गर!
परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
    वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
तुरही र कर्णालहरू बजाऊ,
    अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
    पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
    पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
परमप्रभुको सम्मुख गाऔं!
    किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
    उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

दानियल 3:1-18

सुनको मूर्ति र तातो भट्टी

राजा नबूकदनेस्सरले सुनको मूर्ति बनाए। मूर्ति 60 हात अग्लो अनि 6 हात चौंडा थियो। उनले त्यो मूर्ति बाबेल प्रदेशको दुरा मैदानमा स्थापित गरे। तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।

ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरू हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबूकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए। त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ। जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ। यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”

यसकारण जब तिनीहरूले नरसिंङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरू बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे।

यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले। तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ। 10 महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिंङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरू सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिएर सुनको मूर्तिलाई पूजा गर्नुपर्छ। 11 अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। 12 यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।”

13 यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए। 14 नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ? 15 अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”

16 शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं। 17 यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ। 18 तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”

प्रकाश 18:1-10

बेबीलोन ध्वंशभयो

18 तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो। त्यो स्वर्गदूत जोडले करायो,

“उसको संहार भयो!
    बेबिलोन महानगर संहार भयो!
ऊ अशुद्ध आत्माको बासस्थान बनियो।
    ऊ हरेक दुषित आत्मा बस्ने स्थान बनियो।
    ऊ सबै किसिमका अस्वच्छ पंक्षीहरू बस्ने नगर बनियो।
    ऊ हरेक अस्वच्छ औ घृणित पशुहरूको नगर बनियो।
पृथ्वीका समस्त राष्ट्रहरूले उसको व्यभिचारको
    अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्।
पृथ्वीका राजाहरूले उसित व्यभिचारी पाप गरेकाछन्।
    अनि संसारका व्यापारीहरू उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने,

“मेरा मानिसहरू, त्यस नगरबाट बाहिर निस्क,
    जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ।
    तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्नु नपरोस्।
त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ।
    त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।
उसले जस्तो गरेकी थिई, ठीक त्यही गर,
    यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ।
उसले अरूलाई जस्तो दाखरस तयार पारेकी थिई,
    त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई।
    उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ।
ऊ आफैंले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ,
    म विधवा होइन,
    मैले कहिल्यै दु:ख अनुभव गरिनँ।’
यसर्थ यी कष्टहरू उमाथि आउनेछन्,
    मृत्यु, शोक, अनि अनिकाल,
किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ,
    जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।”

“पृथ्वीका राजाहरू जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरूले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरू रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्। 10 ती राजाहरू त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरूले भन्नेछन्,

‘हे! शक्तिशाली नगर बेबिलोन!
    दु:खै-दु:ख होस्! तिमीलाई
एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’

प्रकाश 18:19-20

19 तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने,

‘कष्ट! महानगरको निम्ति कति कष्ट!
    सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए!
    तर घण्टा भरमा त्यसको ध्वंस भयो।
20 हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ!
    खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू।
किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International