Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 25:1-9

दाऊदको भजन।

25 हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु
    र म कहिले निराशा हुने छैन।
    मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन।
    तर विश्वासघातीहरू निराशा हुनेछन्।
    तिनीहरूले केही पनि पाउने छैनन्।

हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्।
    मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्।
    तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ।
    म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्,
    मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।
म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्।
    किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ।
    उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ।
जब उहाँ नम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ।
    यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।

इजकिएल 12:17-28

17 तब फेरि परमप्रभुको वचन मकहाँ आयो र त्यसले भन्यो, 18 “हे मानिसको छोरो, तिमीले यस्तो गर्नुपर्छ मानौं तिमी भयभीत छौ। तिमी जब खान्छौ काम्नु पर्छ। तिमीले पानी पिउँदा चिन्तित अनि भयभीत भए झैं हुनुपर्छ। 19 तिमीले यी साधारण जनतासित भन्नुपर्छ। तिमीले भन्नुपर्छ, ‘परमप्रभु हाम्रो मालिक यरूशलेमको बासिन्दाहरू अनि इस्राएलको अन्य भागका मानिसहरूसँग यसो भन्नुहुन्छ। मानिसहरू, तिमीहरूले खाना खाँदा अफसोसमा पार्नुपर्छ। तिमीहरू पानी पिउँदा साह्रै भयभीत हुनेछौ। किनकि त्यहाँ बसो-बास गर्नेहरूको हिंसाले गर्दा तिमीहरूको देशको सबै सामानहरू नष्ट हुनेछ। 20 तिमीहरूको शहरमा यति बेला धेरै मानिसहरू बस्दैछन् तर त्यो शहर नष्ट भएर जान्छ। तिम्रो पुरै देश नष्ट भएर जानेछ। त्यसपछि तिमीले बुझ्नेछौ कि म नै परमप्रभु हुँ।’”

21 तब परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, 22 “हे मानिसको छोरो, इस्राएल देशको विषयमा मानिसहरूले यो उखान किन सुनाउँछन:

‘विपत्ति चाँढै आउँदैन,
    दर्शन कहिल्यै हुँदैन।’

23 “ती मानिसहरूसँग भन कि परमप्रभु तिनीहरूका मलिकले यो उखान पढ़न बन्द गरिदिनु हुन्छ। तिनीहरू इस्राएलको बारेमा यो कुरा कहिल्यै पनि भन्दैनन्। अब तिनीहरू यो उखान सुनाउँछन्:

‘विपत्ति चाढै आउँछ,
    दर्शन पूरा हुनेछ।’

24 “यो सत्य हो कि इस्राएलमा कहिल्यै पनि झूटो दर्शन हुँदैन। अब यस्तो जादु गर्नेहरू भविष्यमा हुँदैनन्, जसले यस्तो अगमवाणी गर्छ त्यो साँच्चो हुँदैन। 25 किनभने म परमप्रभु हुँ। अनि म त्यही भन्छु, जुन मलाई भन्न मन लाग्छ! अनि त्यही घट्नेछ अनि म घट्ना काललाई लामो तान्न दिनेछैन। ती विपत्तिहरू चाँडै आउँदैछन् तिम्रो आफ्नो जीवनकाल मानै। विद्रोही मानिसहरू! जब म केही भन्छु त्यो पूरा गरेर नै छाड्छु।” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

26 तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो, 27 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू सोच्छन् जे दर्शन म तिमीलाई दिन्छु त्यो भविष्यमा घट्नेछ। तिनीहरू सम्झन्छन् जुन विपत्तिहरूको विषयमा तिमी कुरा गर्छौ त्यो आज भन्दा धेरै बर्ष पछि घट्नेछ। 28 यसकारण तिमीले उनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नु हुन्छ म अझ ज्यादा ढीलो गर्न सक्तिन्, यदि म हुनेछ भन्छु, त्यो भएरनै छाड्नेछ।’” परमप्रभु मेरो मालिकले यी सबै कुरा भन्नुभयो।

याकूब 4:11-16

तिमीहरू न्यायधीश हौइनौ

11 भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुशरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुशरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ। 12 परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।

परमेश्वरले तिम्रो जीवनमा योजना गरुन्

13 तिमीहरू कसैले भन्छौ, “आज अथवा भोलि हामी कुनै नगरमा जानेछौं। हामी त्यहाँ वर्ष दिन बस्छौं व्यापार गछौं अनि पैसा कमाउँछौं।” सुन! यस विषयमा सोच 14 भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ। 15 यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।” 16 तर अहिले तिमीहरू घमण्डी छौ अनि तिमीहरू घमण्ड गर्छौ। यी सब घमण्ड गराई भूल हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International