Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: “नष्ट नहोस्” भन्ने रागमा। दाऊदको भजन।
75 हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्दछौं।
हामी तपाईंको प्रशंसा गर्छौ, तपाईं छेउमा हुनुहुन्छ,
अनि मानिसहरूले तपाईंले गर्नु भएको अचम्मका कुराहरूका बारेमा भन्दछन्।
2 परमेश्वर भन्नुहुन्छ, “म न्यायको ठीक समय छान्नेछु,
म निष्पक्ष न्याय गर्नेछु।
3 यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन्,
र धराशायी हुन तयार छ,
तर म यसलाई स्थिर पार्छु।”
4 “कतिपय मानिसहरू अत्यन्त अंहकारी हुन्छन्।
तिनीहरू स्वयंलाई शक्तिशाली र महत्वपूर्ण सोच्दछन्।
5 तर म ती मानिसहरूलाई भन्छु,
‘शेखी नगर! यति साह्रो अंहकारी नहौ!’”
6 पृथ्वीमा त्यस्तो कुनै शक्ति छैन
जसले कुनै मानिसलाई महत्वपूर्ण पार्छ।
7 परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ।
अनि उहाँले नै को महत्वपूर्ण हुनेछ, भन्ने कुराको निर्णय गर्नुहुन्छ।
परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ,
उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।
8 परमेश्वर सधैँ दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ।
परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ,
जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ।
उहाँले त्यो विषयुक्त दाखमद्य खन्याउनुँ हुन्छ,
अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।
9 म यस बारेमा सधैँ मानिसहरूलाई भन्नेछु।
म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।
10 परमप्रभु भन्नुहुन्छ, “म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु,
अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।”
1 निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।
परमप्रभु निनवे प्रति क्रोधित हुनुहुन्छ
2 परमप्रभु ईर्ष्यँलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ।
परमप्रभुले दोषीहरूलाई दण्ड दिनुहुन्छ।
परमप्रभु एकदमै क्रोधित हुनुहुन्छ।
परमप्रभुले उहाँका शत्रुहरूलाई दण्ड दिनुहुन्छ
र उनीहरूसँग एकदमै क्रोधित हुनुहुन्छ।
3 परमप्रभु धैर्यशील हुनुहुन्छ,
तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ,
अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ।
उहाँले तिनीहरूलाई भाग्न दिनुहुँदैन।
उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी,
र आँधिहरू ल्याउनु हुनेँछ।
मानिसहरू यो पृथ्वीमा माटोमाथि हिँड्छन्
तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।
4 परमुप्रभु समुद्रहरूसित कर्कश शब्दमा बोल्नु हुन्छ
अनि त्यो समुद्र सुक्दछ।
सबै नदीहरू सुक्नेछन्।
बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ।
लबानेनको फूलहरू ओइलिनेछन्।
5 परमप्रभुको आगमन हुनेछ
अनि पहाडहरू डरले काम्नेछन्,
अनि पहाडहरू पग्लेर बग्नेछन्।
परप्रभुको आगमन हुनेछ
र पृथ्वी डरले काम्नेछ।
यो संसार अनि यसमा रहने सबै
डरले काम्नेछन्।
6 परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन।
कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन।
उहाँको क्रोध आगो झैं हुन्छ।
जब उहाँ आउनुहुन्छ तब चट्टानहरू पनि टुक्रा-टुक्रा हुन्छन्।
7 परमप्रभु असल हुनुहुन्छ!
उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ।
उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ।
8 तर उहाँले आफ्नो शत्रुहरूलाई पुरै नष्ट पार्नु हुन्छ।
उहाँले शत्रुहरूलाई बाढीको पानीले बगाए जस्तै बगाउनु हुन्छ।
अँध्यारोको बिचमा पनि उहाँले आफ्नो शत्रुहरूलाई लखेट्नु हुन्छ।
9 के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ?
परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ
अनि अरू धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।
10 भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरू जस्तै,
तिमीहरू ध्वंश हुनेछौ।
सुकेको बल्ने घाँसहरू जस्तै
तिमी झट्टै नष्ट हुनेछौ।
11 हे अश्शूर! एउटा मानिस तिमीहरूबाट आएकोछ।
त्यसले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ,
अनि खराब सल्लाह दिएकोछ।
12 परमप्रभुले यहूदासँग भन्नु हुन्छ,
“अश्शूरका मानिसहरू अत्यन्तै शक्तिशाली छन्।
तिनीहरूका सैनिकहरू अनगन्ती छन्,
तर तिनीहरू काटिनेछन् अनि फ्याँकिने छन्।
प्रत्तेकलाई शेष गरिनेछ।
हे मेरा मानिसहरू! मैले तिमीहरूलाई धेरै कष्टहरू दिएँ,
तर अब म तिमीहरूलाई अरू बेशी कष्ट पैदा गर्नेछैन।
13 म अब तिमीहरूलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु।
म अब तिमीहरूको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु।
त्यसलाई म चक्कानाचुर पार्नेछु।
जुन साङ्गलाले तिमीहरू बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।”
12 यसको मतलब-परमेश्वरको पवित्र मानिसहरूमा धैर्य हुनुपर्छ। तिनीहरूले परमेश्वरको आदेशहरू पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।
13 तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरू धन्य हुन्।”
आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरू तिनीहरूका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरूले गरेका कुराहरू तिनीहरूसितै रहनेछन्।”
पृथ्वीको फसल
14 मैले हेरें अनि मेरो अघि त्यहाँ सेतो बादल थियो। त्यो सेतो बादलमा जो बसेका थिए तिनी मानिसको पुत्र जस्तै देखिन्थे। उनको शिरमा सुनौलो मुकुट अनि हातमा धारीलो हँसिया। 15 तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काट्ने समय आयो। पृथ्वीको फल पाक्यो।” 16 यसर्थ उनी जो बादलमा बसेका थिए, पृथ्वीमाथि आफ्नो हँसिया चलाए अनि पृथ्वीको फसल काटियो।
17 तब स्वर्गमा मन्दिर बाहिर अर्को स्वर्गदूत निस्के। त्यो स्वर्गदूतसित पनि धारिलो हँसिया थियो। 18 त्यसपछि वेदिबाट अर्को स्वर्गदूत आए। यो स्वर्गदूतको आगोमाथि अधिकार थियो। यो स्वर्गदूतले धारिलो हँसिया हुने स्वर्गदूतलाई भने। उसले भने, “तिम्रो धारिलो हँसिया लेऊ अनि पृथ्वीको अंङ्गूर घारीबाट अङ्गूरका झुप्पा संग्रह गर। पृथ्वीका अङ्गूरहरू पाकेका छन्।” 19 त्यो स्वर्गदूतले उसको हँसिया पृथ्वीमाथि चलाए अनि स्वर्गदूतले पृथ्वीका अङ्गूरहरू संग्रह गरे अनि परमेश्वरको क्रोधको बृहत दाखदानीमा हालिदिए। 20 नगर बाहिर दाखदानीमा अङ्गूरहरू निचोरियो। दाखदानी बाहिर रगत बग्यो। यो दुइ सय माइल टाढासम्म घोडाको लगामसम्म पुग्ने गरी गहीरो थियो।
© 2004, 2010 Bible League International