Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 89:1-4

एज्री एथानबाट “मस्किल” भन्ने भजन।

89 म सदा परमप्रभुको निम्ति प्रेमको गीत गाउनेछु
    र उहाँको विश्वासको प्रशंसा सदा-सर्वदा गर्नेछु।
हे परमप्रभु, म तपाईंमा साँच्चो रूपमा विश्वास गर्दछु कि,
तपाईंको प्रेम अनवरत छ।
    तपाईंको विश्वास आकाश झैं व्यापक छ।

परमेश्वर भन्नुहुन्छ, “मैले चुनेका राजासँग करार गरेको छु,
    मैले मेरो दास दाऊदसँग कसम खाएँ।
‘दाऊद, म तिम्रो वंशलाई सदा-सर्वदाको निम्ति स्थिर बनाउनेछु।
    म तिम्रो राज्य सदा-सर्वदाको निम्ति कायम गराउने छु।’”

भजनसंग्रह 89:15-18

15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।
    तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
16 तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ।
    तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्।
17 तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ।
    तपाईंबाटै उनीहरूको शक्ति आउँछ।
18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।
    इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।

यर्मिया 25:1-7

यर्मियाको प्रवचन

25 यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो बर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम बर्षमा भएको हो। यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भनेः

यहूदाका राजा आमोनका पुत्र योशियाहको राज्यकालको तेह्रौं बर्षदेखि आजको दिनसम्म अर्थात् तेइस बर्षसम्म परमप्रभुको वचन मकहाँ आयो र मैले घरिघरि तिमीहरूलाई भनिरहेकोछु। तर तिमीहरूले यसलाई ध्यान नै दिएनौ। परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ।

ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर। अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रीस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोक्सान गर्नेछु।”

परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तेजित पार्यौं अनि आफैंमा नोक्सान ल्यायौ।”

गलाती 5:2-6

सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) फर्कन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न। फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ। यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ। हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी पर्खिरहेका छौं। कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफैं प्रकट हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International