Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
29 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर।
उहाँको महिमा र शक्तिको प्रशंसा गर।
2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं।
आफ्ना खास पोशाक[a] लगाएर उहाँको उपासना गरौं।
3 परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।
मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ, यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
4 परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ।
उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
5 परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ।
परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ।
यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ।
सिरिओन हल्लिन्छ।
त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ।
7 परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8 परमप्रभुको आवाजले मरुभूमि पनि चम्काई दिन्छ।
कादेशको मरुभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9 परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ।
परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ;
तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
10 जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो
अनि सदा-सर्वदको लागि राजा नै हुनुहुनेछ।
11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्।
26 “अय्यूब, के तिमीले बाजलाई पखेंटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?
27 के तिमीले गिद्धलाई आकाश माथि उड्न सिकायौ।
के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?
28 गिद्ध पर्वत र शिखरमा बस्दछ।
चट्टान नै गिद्धको किल्ला हो।
29 गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ।
गिद्धले एकदम टाढामा भएको शिकार देख्न सक्छ।
30 जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन।
अनि बच्चाहरूले रगत चुस्दछ।”
40 परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः
2 “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ।
तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ।
अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”
3 तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः
4 “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ।
म तपाईंलाई के भन्न सक्छु?
म तपाईंलाई जवाफ दिन सक्तिनँ।
म आफ्नो मुखमा हात राखी बस्नेछु।
5 मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन।
मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”
25 “मैले यी सबै कुराहारू भनिसकेकोछु तिमीहरूसँग रहँदा नै। 26 तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ।
© 2004, 2010 Bible League International