Revised Common Lectionary (Complementary)
24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25 समुद्रलाई हेर त्यो कति ठूलो छ।
अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ।
त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
लिब्यातान समुद्रमा खेल्छ।
महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो।
27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ,
अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ,
तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्।
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ,
अनि तिनीहरू स्वास्थ्य हुन्छन्।
अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।
33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
म परमप्रभुसित खुशी छु।
35 पृथ्वीबाट पापहरू हटी जाओस्।
दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।
मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
परमप्रभुको प्रशंसा गर!
परमप्रभुले तिम्रो देश फिर्ता दिनुहुन्छ
18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो।
उहाँ आफ्ना मानिसहरूमाथि करूणामय हुनुभयो।
19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो।
उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू,
नयाँ दाखरस र तेल पठाउनेछु।
जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ।
म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन।
20 त्यहाँ आएका उत्तरवासीहरूलाई[a] तिमीहरूको देशबाट हटाइदिनेछु।
उनिहरूलाई बाँझो र उजाड देशमा पठाइदिनेछु,
त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु,
अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु।
उनीहरूले यस्तो घृणित कर्म गरेका छन्,
उनीहरूसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरूको नराम्रो गन्ध उँभो जानेछ।
तिनीहरूले धेरै घिनलाग्दा कामहरू गरेका छन्।”
फेरि देशलाई नयाँ बनाईने छ
21 हे देश नडरा!
तँ खुशि भएर रमाइलो गर,
किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।
22 हे जङ्गलका पशुहरू! नडराऊ,
बनको उजाड खर्कमा हरियाली आउनेछ।
रूखहरूले फलदिन थाल्नेछन्।
नेभाराको बोटहरू र दाखको बोटहरूले प्रशस्त फल दिनेछ।
23 हे सियोनका मानिसहरू! खुशीहोऊ।
परमप्रभु, तिमीहरूका परमेश्वरसँग रमाऊ।
किनभने उहाँले तिमीहरूलाई राम्रो गर्नुहुनेछ।
उहाँले तिमीहरूलाई अघिल्लो र पछिल्लो दुबै झरी,
पहिला झैं पठाई दिनुहुन्छ।
24 अब खलाहरू गहुँले भरिपूर्ण हुनेछन्।
अनि दाख-कुण्डहरू नयाँ दाखरस र तेलले भरिनेछन्।
25 “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको बिरुद्धमा पठाएको थिएँ।
ती काट्ने सलहहरू, ती बगाले सलहहरू
अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाइदिए।
तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु।
तिमीहरू फेरि भरिभराऊ हुनेछौ।
26 फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।
तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु
तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ।
उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ।
अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्।
27 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु।
अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरूको परमेश्वर हुँ,
र म वाहेक अर्को कुनै परमेश्वर छैन।
मेरा प्रजाहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।”
परमेश्वरले उहाँको आत्मा सबै मानिसलाई दिनुहुन्छ
28 “त्यसपछि, म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु।
तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्।
तिमीहरूका बूढा मानिसहरू सपना-दर्शी हुनेछन्।
तिनीहरूका जवानले दर्शन देख्नेछन्।[b]
29 त्यस समय म आफ्ना आत्मा मेरा दास
र दासीहरूमाथि खन्याउनेछु।
हामीले भविष्यमा महिमा पाउने छौ
18 अहिले हामी कष्टमा छौं। तर जुन कष्ट अहिले हामीमा छ त्यो भविष्यमा हामीलाई दिइने महिमासँग तुलना गर्दा त्यो केही होइन। 19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। 20 प्रत्येक वस्तु जुन परमेश्वरले बनाउनु भयो त्यो मूल्यहीन भएर गयो। त्यसले परिवर्तन गर्न चाहेन, तर परमेश्वरकै इच्छा अनुसार यस्तो भयो। तथापि त्यहाँ यस्तो आशा थियोः 21 परमेश्वरले बनाउन भएको हरेक कुरा नाश हुनबाट मुक्त बनाइने छ र परमेश्वरका छोरा-छोरीहरूले महिमा र स्वतन्त्रता प्राप्त गर्नेछन्।
22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। 23 यो संसारले मात्र होइन, हामीले पनि आन्तरिक पीडा बोकेर पर्खिरहेकाछौं। हामीमा परमेश्वरको प्रतिज्ञाको प्रथम अंश सरह आत्मा छ। यसैले हामीलाई उहाँले आफ्ना सन्तान कहिले बनाउनु हुने हो भनेर उत्सुकतापूर्वक पर्खिरहेकाछौं। मेरो भन्नुको तात्पर्य, हामीलाई उहाँले हाम्रा शरीरहरूबाट कहिले मुक्ति दिनुहुनेछ भनेर पर्खिरहेकाछौं। 24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्।
© 2004, 2010 Bible League International