Revised Common Lectionary (Complementary)
परमेश्वरले यर्मियालाई बोलाउनु हुन्छ
4 परमप्रभुको यो सन्देश मकहाँ आयो:
5 “मैले तिमीलाई तिम्रो आमाको गर्भमा,
गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें।
तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें।
मैले तिमीलाई जाति-जातिहरूमा
विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।”
6 तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।”
7 तर परमप्रभुले मलाई भन्नुभयो,
“त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’
तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु।
तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु।
8 कसैसित नडराऊ!
म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।”
यो सन्देश परमप्रभुबाट आएको हो।
9 तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो,
“यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु।
10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु।
तिनीहरूलाई उखेल्न, भत्काउन,
नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन
र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
71 हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु,
ताकि म कहिल्यै निराशा नहुँ।
2 तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ।
तपाईंले मलाई छुटकारा दिनु हुनेछ।
मेरो गुहार सुनी दिनुहोस्।
मलाई बचाउँनुहोस्।
3 मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु।
तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ।
यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।
4 हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्।
मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्।
5 मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ,
म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।
6 म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ,
आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु।
मैले सधैँ तपाईंलाई प्रार्थना गरें।
प्रेम नै सर्वोत्तम उपहार हो
13 अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङ्टङे घण्टी वा झ्याम्-झ्यामे झ्याम्टा मात्र हुँ। 2 मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन। 3 मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
4 प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। 5 प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन। 6 प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ। 7 प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ। प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उभिन्छ।
8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ। 9 यी कुराहरू सिद्धिन्छन्, किनभने हामीमा भएको ज्ञान र यी अगमवाणीहरू पूर्ण छैनन्। 10 तर जब धेरै पूर्णता आउँछ तब ती अपूर्णताको अन्त्य हुनेछ। 11 जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ। 12 हामीसित पनि त्यस्तै हो। अहिले हामी सफासित देख्ने छौ। अहिले म खाली एक अंश मात्र जान्दछु। तर त्यस बेला म पूरै जान्ने छु जस्तो परमेश्वरले मलाई जान्दछन्। 13 यसैले, यी तिन कुराहरू रहिरहनेछन् विश्वास, आशा र प्रेम। अनि यिनीहरूमा सबैभन्दा ठूलोचैं प्रेम हो।
21 येशू तिनीहरूसँग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”
22 सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?”
23 येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैध! आफैंलाई निको पार। तिमीले आफ्नै शहरमा पनि त्यही गर।’” 24 त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन। म जे भन्दैछु त्यो साँच्चो हो।
25-26 “एलियाको समयमा साढे तीन वर्षसम्म इस्राएलको जमीनमा ठूलो अनिकाल पर्यो। सारा देशमा कतै पनि खाने कुरा थिएन। त्यसबेला इस्राएलमा विधवाहरू थुप्रै थिए। तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।
27 “अनि अगमवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोडका रोगीहरू थिए। तर नामान बाहेक कसैलाई पनि निको पारिएन। अनि नामान इस्राएलवासी नभई सिरियावासी थिए।”
28 सबै मानिसहरू जो सभा-घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए। 29 मानिसहरू उठे अनि येशूलाई शहर छाड्न वाध्य गराए। तिनीहरूको शहर एउटा टाकुरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुर्याए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे। 30 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो।
© 2004, 2010 Bible League International