Revised Common Lectionary (Complementary)
113 परमप्रभुको प्रशंसा गर!
परमप्रभुका दासहरू उहाँको प्रशंसा गर!
परमप्रभुको नाउँको प्रशंसा गर।
2 परमप्रभुको नाउँ अहिले
र सदा-सर्वदालाई धन्य बनी रहोस्।
3 परमप्रभुको नाउँको प्रशंसा
पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।
4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ।
उहाँको महिमा माथि स्वर्ग सम्म जान्छ।
5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन।
परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।
6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ।
उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।
7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो।
परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।
8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो।
परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।
9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!
परमप्रभुको प्रशंसा गर!
परमेश्वर अत्यनतै सहनशील हुनुहुन्छ
14 “धेरै लामो समय देखि मैले केही पनि भनेको छैन्।
मैले स्वयलाई नै नियन्त्रण गरें अनि केही पनि भनिनँ।
तर अब म शिशुलाई जन्म दिइरहेकी स्त्री जस्तै कराउनेछु,
म तेज जबरजस्ती गरेर सास फेर्नेछु।
15 म पहाड र पर्वतहरूलाई उजाड पारिदिनेछु
म त्यहाँ उम्रिने सारा वनस्पतिहरूलाई सुकाइदिनेछु।
म नदीहरूलाई सुख्खा धर्तीमा परिर्वतन गर्नेछु।
म पानीका इनारहरू पनि सुकाइदिनेछु।
16 तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा,
म अन्धा मानिसहरूलाई डोराउनेछु।
म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु
जहाँ तिनीहरू पहिला गएका थिएनन्।
म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु
अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु।
मैले वचन दिएका ती कुराहरू म गर्नेछु,
अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।
17 तर कतिपय मानिसहरूले मलाई पछ्याउन छाडे।
ती मानिसहरूसँग मूर्तिहरू छन् जुन सुनै सुनले ढाकिएको छ।
तिनीहरूले ती झूटा मूर्तिहरूलाई, ‘तपाईं मेरो देवताहरू हुनुहुन्छ’ भन्छन्।
ती मानिसहरू आफ्ना झूटा देवताहरूमा भरोसा गर्छन्,
तर ती मानिसहरू निराश हुनेछन्।
इस्राएलले परमेश्वरलाई ध्यान दिनु अस्वीकार गरे
18 “हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ!
हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।
19 सारा संसारमा, मेरो दास अत्यन्त अन्धा छन्।
सन्देशवाहक जसलाई संसारमा मैले पठाएँ त्यो अत्यन्त बहिरो छ।
मैले छानेका मानिसहरू अत्यन्त अन्धा छन्।
जोसँग मैले करार गरे ऊ अत्यन्त अन्धो छ।
20 मेरो दासले निकै हेर्छ
तर उसले मेरो आज्ञा पालन गर्दैन्।
उसले आफ्नो कानले सुन्न सक्छ
तर उसले मेरो कुरा सुन्न अस्वीकार गर्दछ।”
21 परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ।
परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट,
उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।
जकरिया अनि इलीशिबा
5 यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो। 6 ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए। 7 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।
8 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। 9 पूजाहारीहरूले सधैँ एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो। 10 त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।
11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। 12 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। 13 ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु। 14 तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। 15 परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।
16 “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। 17 तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”
18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?”
19 ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खड़ा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरागर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो। 20 अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।”
21 बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए। 22 त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे। 23 जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे।
24 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, 25 “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”
© 2004, 2010 Bible League International