Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 130

मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।

130 हे परमप्रभु, म गहीरो सङ्कटमा छु।
    यसैकारण म तपाईंलाई गुहार मान्छु।
मेरो स्वामी! मलाई ध्यान दिनु होस्।
    मेरो गुहार प्रति ध्यान दिनु होस्।
परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,
    कुनै मानिस पनि जिउँदो हुने थिएन।
परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,
    त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।

म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु,
    मेरो आत्माले उहाँलाई पर्खिन्छ,
    परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
म मेरो स्वामीलाई पर्खिरहेछु।
    म एकजना पहरेदार जस्तै छु,
    जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।
    स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।
    अनि परमप्रभुले इस्राएलीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।

यशैया 28:9-13

परमेश्वर आफ्ना मानिसहरूलाई सहायता गर्न चाहनु हुन्छ

“परमप्रभुले मानिसहरूलाई पाठ सिकाउने कोशिश गरिरहनु भएकोछ। परमप्रभु आफ्ना उपदेशहरू मानिसहरूलाई बुझाउने कोशिश गर्नुहुन्छ। तर मानिसहरू भने बालखै जस्त छन्। तिनीहरू भने केही क्षण अघिबाट मात्र आमाको दूध खान लागे जस्ता छन्। 10 परमप्रभु तिनीहरूसँग नानीहरूसँग बोले जस्तै बोल्नुहुन्छ:

“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शाम”[a]

11 परमप्रभुले यस्तो प्रकारको नयाँ कुरा गर्नुहुन्छ। अनि उहाँले ती मानिसहरू सित बोल्न अन्य भाषाहरू चलाउनु हुन्छ।

12 अतितमा परमप्रभु ती मानिसहरूसित बोल्नु भयो, “यहाँ एउटा आराम गर्ने ठाउँछ। यो शान्तिमय जग्गा हो। थकित मानिस यहाँ आएर बिताउन यो शान्तिको जग्गा हो।”

तर मानिसहरूले परमेश्वरको कुरा प्रति ध्यनै दिएनन्। 13 यसर्थ परमेश्वरद्वारा बोलिने शब्दहरू सरलहुनु पर्छ:

“सौ लासौ सौ लासौ,
काव लाकाव काव लाकाव,
जेईर शाम जेईर शाम”

तिनीहरूले त्यसै गरे जस्तो तिनीहरूले मन पराए। त्यही कारण तिनीहरू पछौटे भए अनि पराजित भए। मानिसहरू धरापमा परे अनि पक्राउमा परे।

1 पत्रुस 4:7-19

परमेश्वरका उपहारहरूको असल व्यवस्थापक बन

समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरूलाई प्रार्थना गर्नमा सहायता दिनेछ। सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ। विना विरोध एक अर्कामा अतिथि सत्कार गर। 10 तिमीहरू प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरूलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरू जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर। 11 मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरूले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँकै हो। आमिन।

ख्रीष्टियानको रुपमा यातना भोग्नु

12 मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घट्ना घटिरहेछ। 13 तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरू खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ। 14 तिमीहरूले ख्रीष्टलाई अनुशरण गरेकोमा जब मानिसहरूले गाली गर्छन् तिमीहरू धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरूसँग हुन्छ। 15 तिमीहरू कसैले पनि हत्यारा, चोरी अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरू जस्तो यातना भोग्न नपरोस्। 16 तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ। 17 न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरूको के अवस्था हुनेछ?

18 “यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने,
    त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महा-पापी छ, उमाथि के आउने हो?”(A)

19 यसर्थ, ती मानिसहरू जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरूले आफ्ना प्राणहरू उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरूलाई सृष्टि गर्नु भयो अनि तिनीहरूले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरूले धार्मिक कार्यहरू गरिरहनु पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International