Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
15 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ?
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ?
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ।
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन।
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन।
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ
जसले परमेश्वरलाई घृणा गर्छ।
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ।
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ।
5 उसले कसैलाई ऋण दिन्छ
तर ब्याज लिंदैन।
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन।
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने
ऊ सदा परमेश्वरको नजिक हुनेछ।
इस्राएलको अगुवाहरू दुष्टताको दोषी
3 फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्।
इस्राएलको शासकहरू तिमाहरूले न्याय के हो सो जान्नु पर्छ।
2 तिमीहरूले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ।
तिमीले मानिसको छाला काढ्छौ।
तिमीहरूले तिनीहरूका हड्डीहरूबाट मासु निकाल्दछौ।
3 तिमीहरूले मेरा मानिसहरूलाई ध्वंश पारिरहेका छौ।
तिमीहरूले उनीहरूको छाला सम्म काढि रहेको छौ।
तिनीहरूको हड्डी भाँचेर भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै छौ।
4 तिमीहरूले परमप्रभुको प्रार्थना गरिरहेकाछौ
तर परमप्रभु जवाफ दिनुहुन्न।
परमप्रभुले आफ्नो मुख तिनीहरूदेखि लुकाईरहनु भएकोछ।
किनकि तिमीहरूले नराम्रो कर्म गरेका छौ।”
येशूले आफ्नो मृत्यु विषय भन्नु हुन्छ
31 यहूदा जब गइसकेको थियो, तब येशूले भन्नु भयो, “अब मानिसको पुत्रले महिमा प्राप्त गर्छ अनि परमेश्वरले मानिसको पुत्रबाट महिमा प्राप्त गर्नुहुन्छ। 32 यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
33 येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसँग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
34 “म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिन्छु: एकअर्कामा प्रेम गर। तिमीहरूले मैले जस्तो एकाअर्कामा प्रेम गर्नु पर्छ। 35 यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने यस तरिकाबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।”
© 2004, 2010 Bible League International