Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 72

सुलेमानको भजन।

72 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
    राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
    गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
    उहाँले असहायहरूलाई साथ दिइयोस्।
    कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
जब सम्म घाम उदाउँछ
    अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
खेतहरूमा पानी बर्षे जस्तै,
    धर्तीमा पानी परे जस्तै राजा बनुन्।
उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
    जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
    युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
    उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
    शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
    सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
    हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
    राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
    ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
    अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
    प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
    र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
    अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
    शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
    जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
    अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।

18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
    परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
    उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!

20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)

प्रस्थान 3:1-5

जलिरहेको पोथ्रा

त्यस समय मोशा उसको ससूराका भेंडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेंडाहरू मरुभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए। पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे।

पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन। मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?”

जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!”

मोशाले उत्तर दिए, “म यहाँ छु।”

तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल।

हिब्रू 11:23-31

23 विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्।

24-25 मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्। उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे। 26 मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दु:ख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार पर्खिरहेथे। 27 विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्। 28 उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।

29 अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूख्खा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।

30 परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिवरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो।

31 राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International